बिहीबार, असार १२, २०८२

लिगलिडर एथ्लेटिको मड्रिड सेभियासँग पराजित

स्पेनिस ला लिगाको लिगलिडर एथ्लेटिको मड्रिड सेभियासँग पराजित भएको छ।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं - स्पेनिस ला लिगाको लिगलिडर एथ्लेटिको मड्रिड सेभियासँग पराजित भएको छ। 

सेभियाको मैदानमा आइतबार राति सम्पन्न खेलमा एथ्लेटिकोले १–० गोलको हार बेहोरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफको ७० औं मिनेटमा मार्कोस एकुनाले खेलको निर्णायक गोल गर्दै घरेलु टिमलाई जित दिलाएका थिए।

यो जितसँगै सेभियाले चौथो स्थानमा अंक दूरी बढाएको छ। उसले पाँचौ स्थानको रियल बेटिसभन्दा १२ अंक को अग्रता बनाएको हो।

यता उपाधि दाबेदार एथ्लेटिको आफ्ना यात्रामा कमजोर सावित भएको छ। उसले शीर्षस्थानमा अंक दूरी बढाउने अवसर गुमाएको छ। जसको प्रत्यक्ष फाइदा रियल मड्रिड र बार्सिलोनालाई पुग्नेछ।

एक खेल हातमै भएको बार्सिलोनाको अहिले ६२ अंक छ जुन एथ्लेटिकोको भन्दा चार अंक कम हो।

त्यस्तै, रियलको एथ्लेटिकोको भन्दा मात्र तीन अंक कम छ।

प्रकाशित: Apr 05, 2021| 01:46 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।