बुधबार, असार ४, २०८२

केराउ, छोकडा, सुपारी र मरिच आयातमा कोटा हटाइयो

सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगाइएको कोटा प्रणाली हटाएको छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं- सरकारले केराउ, सुपारी, छोकडा र मरिच आयातमा लगाइएको कोटा प्रणाली हटाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार सूचना जारी गर्दै गत चैतदेखि लगाएको कोटा प्रणाली हटाएको हो। 

‘यस विभागमा भइरहेको केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको पैठारीको कोटा वितरण कार्य हाललाई स्थगित गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ विभागले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ९ चैत २०७७ मा राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त वस्तुको आयातमा कोटा निर्धारण गरेको थियो।

यसअघि अघिल्लो वर्ष २०७६ चैतमा कोरोना महामारी सुरु हुन लागेको र उक्त वस्तुहरुले कोरोना फैलिन सक्ने भन्दै सरकारले ती वस्तुको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो। सोही प्रतिबन्ध खुला गर्नको लागि गत ९ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै कोटा निर्धारण गरेको थियो।

प्रकाशित: Apr 15, 2021| 12:23 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्