आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने

कर्णालीका मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने जानकारी दिएका हन्। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने जानकारी दिएका हन्। 

नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपनि सरकारलाई आवश्यक बहुमत पुग्दैन। कर्णालीमा काँग्रेसका ६ जना मात्रै सांसद छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग १२ जना सांसद छन्। कांग्रेस शाहीका पक्षमा उभिए उनीसँग १८ सांसद् मात्र हुनेछन्।  सरकार टिकाउनका लागि कम्तीमा पनि २० सांसद् आवश्यक हुन्छ। 

राप्रपाले तटस्थ बस्ने जानकारी दिइसकेको छ। राप्रपासँग एक सांसद छन्। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद्ले फ्लोर क्रस नगरे शाहीका पक्षमा विश्वासको मत जुट्नैछैन। एमालेका सबै सांसद एकमत रहेको बताइएपनि मतदानपछि मात्र यसको अन्तिम टुंगो लाग्ने भएको छ। 

कर्णालीमा एमालेका १९ सांसद् छन्। एमालेले फ्लोर क्रस नगर्ने र कांग्रेस तथा राप्रपाको पनि साथ शाहीलाई हुने अवस्थामा उनीसँग जम्मा १९ मत पुग्नेछ। दुवै मत बराबर भए मात्र सभामुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ। यस्तो अवस्थामा एमालेबाट सभामुख बनेका राजबहादुर शाहीले निर्णायक मत दिनेछन्। 

सरकार बनाउन प्रदेशसभामा तत्काल कायम भएका बहुमत सदस्यको समर्थन हुनुपर्छ। हाल प्रदेशसभामा ३९ जना सांसद छन्।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाअनुसार तत्कालीन नेकपा दुई दलमा विभाजित भएको थियो। यसपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको शुक्रबार १ महिना पुगेकाले मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। 

प्रकाशित: Apr 16, 2021| 10:50 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।