शुक्रबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा कोरोना जोखिम बढ्यो, एकै दिन ३६ संक्रमित थप

रुपन्देहीमा कोरोना जोखिम बढ्यो, एकै दिन ३६ संक्रमित थप

कोरोना महामारीको जोखिम रुपन्देहीमा पनि बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रसमेत भएकाले यहाँ कोरोना संक्रमणको जोखिम बढेको हो।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

बुटवल- कोरोना महामारीको जोखिम रुपन्देहीमा पनि बढ्दै गएको छ। भारतसँग सीमा जोडिएको क्षेत्रसमेत भएकाले यहाँ कोरोना संक्रमणको जोखिम बढेको हो।

पहिला पनि कोरोना महामारीले प्रभावित रुपन्देहीमा पछिल्लो एक सातायता संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ।

रुपन्देहीमा शुक्रबार मात्रै ३६ जना नयाँ संक्रमित थपिएका छन्। २२ जना पुरुष र १४ जना महिला गरी एकै दिन ३६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। रुपन्देहीमा एक सातायता कोरोना संक्रमित हुनेहरुको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

उनका अनुसार शुक्रबार सबैभन्दा धेरै बुटवलमा १९ जना नयाँ संक्रमित थपिएका छन्।
६ महिला र १३ पुरुष थप भएका हुन्। यसैगरी सिद्धार्थनगर नगरपालिकामा ११, तिलोत्तमा नगरपालिकामा ३, सैनामैना नगरपालिकामा २ र शुद्धोधन गाउँपालिकामा एक जना कोरोना संक्रमित थप गरिएको छ।

रुपन्देहीमा हालसम्म ९ हजार ३८० जनामा कोरोना संक्रमण देखा परेको छ। रुपन्देही जिल्लामा मात्रै हालसम्म १५७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। हाल २२६ जना उपचाररत छन्। 

कोरोना अस्पतालमा एक जनाको मृत्यु 
बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत एक महिला संक्रमितको मृत्यु भएको छ। अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका २ निवासी ७० वर्षीया महिलाको शुक्रबार बिहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

कोभिड – १९ पोजेटिभ भएर चैत्र २९ गतेदेखि कोरोना अस्पतालमा उपचाररत ती महिलामा दीर्घरोग स्तन क्यान्सरसमेत रहेको आफन्तले बताएका छन्। 

ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। यसअघि चैत्र ३० गते एकै दिन तीन संक्रमितको मृत्यु भएको थियो।

प्रकाशित: Apr 16, 2021| 13:37 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।