सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाल, भीम रावललगायत २० नेतालाई एमालेमा अन्तिम मौका

माधव नेपाल, भीम रावललगायत २० नेतालाई एमालेमा अन्तिम मौका

नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई फेरि एक पटक स्पष्टीकरण सोध्ने भएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई फेरि एक पटक स्पष्टीकरण सोध्ने भएको छ।

आज (सोमबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिँदा फ्लोर क्रस गर्ने नेता प्रकाश ज्वाला र यो कार्यमा प्रयोग भएका अन्य नेताहरु, सघाउनेसहित थप २० जनालाई २ दिनको अन्तिम चेतावनी दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्पष्टीकरण सोधिएका नेताहरुले मनासिव जवाफ नदिए उनीहरुलाई १० गते बस्ने बैठकले थप कारबाहीको निर्णय गर्ने निर्णय भएको छ।

मनासिव जवाफ दिएमा उनीहरुको गल्तीको आधारमा सफाइ प्रस्ताव पेश गर्ने मौका दिने निर्णयसमेत बैठकले गरेको छ।

प्रकाशित: Apr 19, 2021| 10:27 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।