काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
नेपाल र खनाल आफूपक्षीय नेताहरूको भेला सकेर देउवालाई भेट्न मंगलबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्।
देउवा निकट स्राेतका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्धकाे अविश्वासकाे प्रस्तावबारे छलफल गर्नका लागि नेपाल र खनाल बुढानीलकण्ठ पुगेका हुन्।
भेटमा नेतात्रयबीच एमाले अध्यक्ष ओलीले स्पष्टीकरण माग गरेपछिको अवस्था र अविश्वासकाे प्रस्ताव आए फ्लाेर क्रसकाे सम्भावनाबारे छलफल भएकाे देउवा निकट एक जना केन्द्रीय सदस्यले नेपाल समयलाई जानकारी दिए।
ओली पक्षीय एमालेले मंगलबारै नेता नेपाल सहित २७ संघीय र ५ कर्णालीका सांसदलाई स्पष्टीकरण सोधेको थियो।