मंगलबार, जेठ ७, २०८२

आज मध्यरातिबाट नेपालगन्जमा लकडाउन

बुधबार राति १२ बजेबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लकडाउन  हुने भएको  छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं– बुधबार राति १२ बजेबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लकडाउन  हुने भएको  छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिकालाई आज राति १२ बजेबाट वैशाख १५ गतेसम्मका लागि लकडाउन  गर्ने घोषणा  गरेको हो।

नेपालगन्ज उपमहानगरपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै कोरोना संक्रमण फैलावटको संक्रमण तोड्न र रोकथाम नियन्त्रणलाई प्रभावकारी बनाउन लकडाउन गरिएको प्रशासनले बताएको छ।

उपमहानगरभित्रका अत्यावश्यक सेवा बिहान छ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ने र अन्य सवारी साधन तथा सर्वसाधारण हिँडडुल गर्नसमेत नपाइने घोषणा गरेको छ

बुधबारसम्म नेपालगन्ज उपमहानगरपालिकामा ७३५ जना सक्रिय संक्रमित रहेको भन्दै सबै अस्पताल भरिभराउ भएका कारण लकडाउन गर्नुपरेको प्रशासन कार्यालयले बताएको छ।

प्रकाशित: Apr 21, 2021| 06:55 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।