शनिबार, जेठ ११, २०८२

एलजीका नयाँ एसी बजारमा

 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

काठमाडौं– एलजीको आधिकारीक विक्रेता सिजी इम्पेक्स प्रालीले एन्टी भाईरस फिल्टर भएको एलजीको एसी बजारमा ल्याएको छ। एन्टी भाईरस फिल्टरले भित्रि वातावरणको किटाणुलाई नष्ट गर्ने र ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ।

साथै एसी मा फोर इन्नवान कन्भर्टेबल मोड रहेको र यसले ४० प्रतिशत हुँदै पूर्ण सम्भावनामा चलाउने कम्पनीले जनाएको छ।

यसले विद्युत कम खपत गर्ने पनि कम्पनीले जनाएको छ । एसिमा डुवेल इन्भटर कम्प्रेसर रहेको छ जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्ने, उच्च गति र कम गतिमा स्थिर भएर काम गर्ने कम्पनीले जनाएको छ। यसले ७० प्रतिशतसम्म विजुली खपत गर्ने पनि जनाइएको छ।

नयाँवर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निःशुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: Apr 23, 2021| 08:49 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्