मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पुनर्निर्मित धरहरा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- घरघरमा दीपावली मनाऔं

पुनर्निर्मित धरहरा उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- घरघरमा दीपावली मनाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको खुसीमा घर-घरमा दीपावली मनाउन आग्रह गरेका छन्।
 |  शनिबार, वैशाख ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ११, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको खुसीमा घर-घरमा दीपावली मनाउन आग्रह गरेका छन्।

'पुनर्निर्मित धरहराको फेदमा हामीले  कार्यक्रम मनाइरहेका छौं। म जनताको खुसीमा सरिक हुन चाहन्छु। यो खुसीको क्षणमा घर-घरमा दीपावली गरौं', उनले धरहरा उद्घाटन गर्दै भने।

ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै भएको बताए। ‘मलाई अलिअलि आइफल टावर चढ्दाको स्मरण भयो। आइफलमाथि पुग्दा उधूम हावा चल्छ। धरहरामा चढ्दा पनि त्यहाँ बहने हावाले बेग्लै आनन्द  दिन्छ', उनले भने। 

उनले धरहराको टुप्पोबाट काठमाडौंको मनोरम दृश्य देखिने बताए।

प्रकाशित: Apr 24, 2021| 07:22 शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।