काठमाडौं - नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा कालो मास्क निषेध गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी सदस्य तथा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई कालो मास्क नलगाउन भनिएको हो।
कालो मास्कमा रोक लगाइनुका साथै बैठक कक्षमा मोबाइलबाट फोटो र भिडियो पनि खिच्न दिइएको छ।
एमालेले आज आकस्मिक बैठक बोलाएको छ। महाधिवेशन आयोजक समिति बैठक बस्नुअघि एमालेको स्थायी समिति बैठक पनि बसेको थियो।
प्रतिपक्षी दलसँग मिलेर माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरी सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न सक्ने देखेपछि ओलीले आकस्मिक बैठक डाकेका हुन्। ओलीले नेपाल पक्षका २७ सांसदलाई कारबाहीको तयारी गरेको स्रोतले जनाएको छ।