काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्ने संकेत देखा नपरेको बताएका छन्।
आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गरेका देउवाले वैकल्पिक सरकार बन्ने संकेत देखा नपरेको बताएका हुन्। ‘सरकार बनाउन बुहमत चाहिन्छ। अहिले बहुमत पुगेको छैन। सबैसँग कुरा भइरहेको छ,’ देउवाले भने, ‘सबै कुरा त कहाँ भन्छु यार, अहिलेसम्म केही भएको छैन। भएपछि भनिहाल्छु।’
उनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि फेल भयो भने सरकारलाई एक वर्ष चलाउन नसकिने बताए। सोही कारण अविश्वासको प्रस्ताव पास हुने सुनिश्चित नभई अघि बढ्न नसकिने उनको भनाइ थियो। कांग्रेसले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नो नेतृत्वका सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको थियो। तर, सभापति देउवाले पार्टी निर्णय कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि बढिरहेको छ।
तर देउवाले भने सबैसँग कुरा भइरहेको बताएका छन्। ‘ मैले के कार्यान्वयन गरेको छैन ? अग्रसरता लिएकै छु। सबैसँग कुरा भइरहेकै छ। कसलाई भेट्दा कुरा भयो भनेर किन भन्नुपर्यो तपाईंहरुलाई। हामीसँग संख्या पुग्दैन यो सत्य कुरा हो। प्रचण्डले विश्वासको मत फिर्ता लिएको छैन। जसपाले उता समर्थन गर्ला जस्तो छ।