काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनले प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी हुन्।
पदमुक्त हुनेमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त छन्।
सरकारले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गर्न सिफारिस गरेको छ। नवनियुक्त प्रदेश प्रमुखले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ।