आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीमा अविश्वास प्रस्तावपछि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

लुम्बिनीमा अविश्वास प्रस्तावपछि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

बुटवल– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन्। मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको माग गरेका हुन्। 

यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए। तर सरकार गठन तथा विस्थापित गर्ने प्रक्रिया प्रदेशसभाबाटै हुने भएकाले विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले वर्तमान सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन्। लुम्बिनीमा सत्तासिन नेकपा एमालेका ३९ (विमला वलीसमेत) रहेका छन्। नेकपा माओवादी केन्द्र सभामुख सहित १८, नेपाली कांग्रेस १९, जसपा ३ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। 

यसअघि विपक्षी गठबन्धनले वैशाख ६ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव उपर छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरिए पनि सोही दिन राजीनामा गरि कामचलाउ मुख्यमन्त्रीका रुपमा पोखरेलले अधिवेशन अन्त्य गरेका थिए। सोही साँझ मुख्यमन्त्रीमा पुनः दोस्रो कार्यकाल नियुक्त भएका थिए। 

असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति भएको भन्दै विपक्षी दलले दोस्रो पटक बैशाख २६ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तर, निवर्तमान प्रदेश प्रमुख र्धानाथ यादवले विपक्षीले माग गरे अनुसार विशेष अधिवेशन आह्वान गर्न नपर्ने बताएका थिए। 

प्रकाशित: Aug 03, 2021| 17:29 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।