धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृ शोक परेको छ। मुख्यमन्त्री भट्टकी आमा शारदा भट्टको ८४ वर्षको उमेरमा बिहीबार निधन भएको हो।
डोटीको केआईसिंह गाउँपालिका–६, फलेडीस्थित निवासमा उनको मृत्यु भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए।
‘स्वास्थ्यमा खासै समस्या थिएन’, स्वकीय सचिव ओलीले भने, ‘शारीरिक कमजोरी भई निधन भएको हो।’ उनले केही दिनयता मुख्यमन्त्री भट्ट भाइरल ज्वरोका कारण बिरामी रहेको बताए।