शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी नियुक्त

कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशमा ११२ स्वास्थ्यकर्मी नियुक्त

कर्णाली प्रदेशमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

सुर्खेत- कर्णाली प्रदेशमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले आज (शुक्रबार) ११२ जना स्वास्थ्यकर्मीहरु नियुक्त गरेको हो। 

जसमध्ये स्टाफ नर्स ७६ जना, ल्याब टेक्निसियन १२ जना, हेल्थ असिस्टेन १० जना, रेडियोग्राफर ६ जना, फार्मेसी सहायक ६ जना र कविराज दुई जना नियुक्त भएका हुन्। करार सेवामा नियुक्त भएका सबैलाई ५ दिनभित्र तोकिएको कार्यक्षेत्रमा पुग्न निर्देशन दिइएको छ।

कर्णालीमा कोरोना रोकथामका लागि स्वास्थ्यकर्मीहरु अभाव छ। संक्रमण दिनप्रतिदिन फैलिदै जाँदा स्वास्थ्यकर्मीहरुको चरम अभाव चुलिएपछि करारमा स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको हो।

‘प्रदेशभर एक चौथाइ कर्मचारी मात्रै छन्, महामारी नियन्त्रणका लागि यो जनशक्ति निकै कम हो’ प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि तत्काल ११२ जना स्वास्थ्यकर्मी नियुक्त गरेका हौँ।’ 

नियुक्त भएका सबै स्वास्थ्यकर्मी पाँचौँ तहका हुन्। ‘हाल पाँचौँ तहका स्वास्थ्यकर्मीमात्रै नियुक्त गरेका छौँ, संक्रमण फैलिँदै गएपछि विशेषज्ञ डाक्टरको नियुक्ति गर्नुपर्ने हुनसक्छ’ निर्देशक खड्काले भने, ‘नियुक्त भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रणमा खटाएका छौँ।’ नवनियुक्त स्वास्थ्यकर्मीहरुलाई जिल्लामा संक्रमणको अवस्था, अस्पतालमा संक्रमितको चाप र मागका आधारमा दश वटै जिल्लामा खटाइएको छ।

प्रकाशित: May 07, 2021| 14:19 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।