शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई दाहालको प्रश्न– यही संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार छ तपाईंलाई ?

ओलीलाई दाहालको प्रश्न– यही संसद्सँग विश्वासको मत माग्ने नैतिक अधिकार छ तपाईंलाई ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही संसदबाट विश्वासको मत लिने अधिकार नभएको बताएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही संसदबाट विश्वासको मत लिने अधिकार नभएको बताएका छन्।

ओलीले यही संसदको आवश्यकता छैन भनेर भंग गरेको स्मरण गर्दै दाहालले आफ्नो मन्तव्यमा भने, ‘प्रधानमन्त्री ज्यू तपाइँलाई यही संसदबाट विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’

दाहालले ओलीले संसद मरिसक्यो भने पनि संवैधानिक रुपमा बाँचिरहेको छ भन्दै आफूले आश्वासन दिएको स्मरण गरे।

उनले भने, ‘प्रधानमन्त्री ज्यूले आफ्नो अहंकारले, गलत प्रवृत्तिले संसद मर्यो सांसदहरु मरिसकेक भन्नु भएको थियो, तर मैले ओली जीले मारे पनि संवैधानिक रुपमा मरेको छैन भनेका थिएँ।’

दाहालले ओलीले अब फेरि संसद विघटनका लागि विश्वासको मत लिने प्रपन्च रचेका हुन् कि भन्ने आशंका आम रुपमा उठिरहेको बताए।
 

प्रकाशित: May 10, 2021| 09:35 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।