काठमाडौं– कांग्रेस नेता गगन थापाले अक्सिजनको व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता थापाले प्रधानमन्त्री ओलीलाई अरू सबै कुरा छाडेर अक्सिजनको जोहो गर्न आग्रह गरेका हुन्।
अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी र आफन्तले दुःख पाएको थापाले मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशमा उल्लेख छ।
सन्देशमा उल्लेख छ, ‘प्रधानमन्त्रीज्यू! अक्सिजनको अभावमा बिरामी र आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु।’
उनले आफूलाई अक्सिजनको व्यवस्थापनका लागि र शय्या खोजिदिन बिरामीका आफन्तहरूले फोन गरिरहेको पनि बताएका छन्।
. @PM_Nepal ज्यू,अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ।कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु। pic.twitter.com/9sP0YBj38S
— Gagan Thapa (@thapagk) May 11, 2021