सुर्खेत– सल्यानको जिल्ला अस्पताल कोरोना संक्रमितले भरिएको छ।
अस्पतालमा बेड र अक्सिजन अभाव रहेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले अब फोन गरेर मात्र संक्रमितलाई अस्पताल ल्याउन आग्रह गरेको छ। संक्रमितको उपचारका लागि १६ वेड रहेको अस्पतालमा हाल ३६ जना छन्।
‘अस्पतालमा सीमित अक्सिजन सिलिण्डर भएको र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने तर समयमा रिफिल नहुने समस्या भएका हुँदा अस्पताल भर्ना गर्नुपर्ने विरामीलाई अस्पताल ल्याउनुपूर्व फोन सम्पर्क गरेर मात्रै लिई आउनुहुन अनुरोध गरिन्छ,’ स्वास्थ्य सेवा व्यवस्थापन दरशथकुमार श्रेष्ठले जारी गरेको सूचनामा भनिएको छ। बेड अभाव भएपछि संक्रमितलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।