काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण भएका गैरेको उपचारका क्रममा आज बिहीबार मृत्यु भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत रहेका गैरेको मृत्यु भएको पुष्टि गर्दै व्यवसायी अञ्जन श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन भएको हो। एक साताअघि संक्रमण पुष्टि भएपछि उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।