आइतबार, जेठ १२, २०८२

कोरोनाको दोस्रो लहरमा सेती अस्पतालमा ८७ जनाको मृत्यु

कोरोनाको दोस्रो लहरयता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत ८७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
 |  शुक्रबार, वैशाख ३१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३१, २०७८

धनगढी- कोरोनाको दोस्रो लहरयता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत ८७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

कोरोनाको पहिलो लहरमा अस्पतालमा उपचाररत ३३ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए। योसँगै सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १२० पुगेको छ। 

पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुष र ५६ वर्षीय पुरुष, वडा नम्बर २ का ३३ वर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर २ का ७३ वर्षीय पुरुष, दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका ६ की ३८ वर्षीय महिला र बेलौरी नगरपालिका वडा नम्बर ११ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ।

अस्पतालमा हाल ९८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार दुई जनाको भेन्टिलेटर, १६ जनाको आईसीयू, ८० जनाको अक्सिजन सपोर्टमा र शंकास्पद १४ जनालाई इमरजेन्सीमा राखेर उपचार भइरहेको छ। 

अस्पतालबाट हालसम्म उपचारपछि ७५४ जना डिस्चार्ज भएका छन्। अस्पताललाई दैनिक १५० बढी अक्सिजन सिलिण्डरको आवश्यकता परे पनि अस्पतालको आफ्नो प्लान्टबाट दैनिक ५५ सिलिण्डर उपलब्ध हुदै आएको छ।

बाहिरबाट दैनिक १०० माग गरे पनि ५० सिलिण्डर मात्र उपलब्ध हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताए।

उनले अस्पतालमा जम्मा २९५ शय्या रहेको बताए। जसमध्ये एचडीयू १०, आईसीयू २० र भेन्टिलेटर १० रहेका छन्। सोमध्ये आइसोलेसन शय्या ८५, कोभिड एचडीयू शय्या ५, कोभिड आईसीयू शय्या १५ र कोभिड भेन्टिलेटर ५ छुट्याइएको उनले बताए।

प्रकाशित: May 14, 2021| 13:45 शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।