काठमाडौं - कोरोना महामारीबीच 'हाम्रो मेडिकल सेवा'ले सेवाग्राहीहरूका लागि घरमै गएर पीसीआर परीक्षण र कोभिड उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ।
विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन सकिने र घरमै औषधि मगाउनसमेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए।
हेल्थ सेफ्टी बक्स, रक्तचाप परीक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, ह्विलचियर, बिरामीका लागि बेडलगायतका स्वास्थ्य सामग्री घरैमा पनि मगाउन सकिने महतो बताउँछन्।
त्यस्तै निम्न आय भएका सेवाग्राहीहरूको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दाबी छ। विभिन्न प्याथोलोजी ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरूसँगको सहकार्यमा यो सेवा प्रदान गरिँदै आएको महतोले बताए।
हाम्रो मेडिकल सेवाले देशभरका सेवाग्राहीहरूलाई मध्यनजर गर्दै फोनमार्फत् र सामाजिक सञ्जालमा भिडियो कल गरेर टेली-मेडिकल सेवाको पनि व्यवस्था गरेको बताइएको छ।
कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइबर, ह्वाट्सएपमार्फत् पनि सम्पर्क गर्न सक्ने बताइएको छ।
‘हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई एउटा टिम हो, जसले मेडिकल क्षेत्रका सरोकारवाला संस्थाहरूको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गर्दछ,’ महताे भन्छन्, ‘आगामी दिनहरुमा मेडिकल सेवा र सुविधालाई देशभरि नै विस्तार गर्ने योजना छ।’