शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महामारीबीच विद्यार्थी संगठनका विरोधका कार्यक्रम सार्वजनिक

महामारीबीच विद्यार्थी संगठनका विरोधका कार्यक्रम सार्वजनिक

नेकपा एमालेको माधव नेपाल निकट अनेरास्ववियुले संविधान र लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थामाथिको दमनको प्रतिरोध गर्न आह्वान गरेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- नेकपा एमालेको माधव नेपाल निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संविधान र लोकतान्त्रिक गणतन्त्रको यो व्यवस्थामाथिको दमनको प्रतिरोध गर्न आह्वान गरेका छन्।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष रञ्जीत तामाङलेले एक विज्ञप्ति जारी गर्दै सार्वभौमसत्ता सम्पन्न संसदलाई पटकपटक विघटन गरी नेपालको लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने कदमको प्रतिरोध गर्न आह्वान गरेका हुन्।

उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘सार्वभौमसत्ता सम्पन्न संसदलाई पटक पटक विघटन गरि नेपालको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने गलत कार्यको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ।’

उनीहरुले संविधानलाई मजाक र नाटक मञ्चन गर्दै संविधानमा लेखिएका धारालाई अपव्याख्या गर्दै संविधानलाई निकम्मा बनाउने यस्तो गलत कामबाट नेपालमा संवैधानिक संकट निर्माण गर्ने र जनताको शाशन प्रणालीलाई प्रभु, राजा र महागजको पोल्टामा पुयाउन काम हिजो गरिएको संसद विघटनबाट थप पुष्टि गरेको आरोप लगाएका छन्। 

‘देशले कोरोनाविरुद्धको भ्याक्सिन चाहेको बेला, अक्सिजन, अस्पतालको बेड मागेका बेला, चुनाव थोपर्ने ओलीको संवेदनहीन, गैरजिम्मेवार, अराजनीतिक कार्यको दुखद परिणाम दिलो चाडो भोग्नु पर्ने छ।’ विज्ञप्तिमा भनिएको छ।
उसले महामारीको समयमा स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

यस्ता छन् कार्यक्रम

– प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झुण्डाउने,

– पुत्लालाई उल्टो बनाई विरोध गर्ने

–प्रतिगामी सरकारका मन्त्रीलाई, कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने
प्रतिगामी कदमको विविधरुपले भण्डाफोर गर्ने

प्रकाशित: May 22, 2021| 10:45 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।