बिहीबार, असार ५, २०८२

दीपक मनाङेलाई पुरानै मन्त्रालय, आज लिए शपथ

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको हैसियतमा आज शपथ ग्रहण गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

पोखरा– स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको हैसियतमा आज शपथ ग्रहण गरेका छन्। मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई सपथ खुवाएकी हुन्।

मनाङेलाई जेठ ५ गते मुख्यमन्त्री गुरुङले ५ मन्त्रीलाई नियुक्त गरेको भएपनि ४ मन्त्रीले मात्रै शपथ लिएका थिए। मनाङे काठमाडौं भएकोले शपथ लिन पाएका थिएनन्।

विपक्षीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि वैशाख २६ मा राजीनामा दिएका गुरुङ विपक्षी गठबन्धनले तीन दिनभित्र सरकार बनाउन नसकेपछि ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

धर्मराएको सरकार जोगाउन गत वैशाख १६ गते मनाङेलाई आफ्नो सत्ता सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलो पटक मन्त्री बनाए पनि गुरुङको राजीनामा पछि १० दिनमै पद गएको थियो ।

त्यति मात्रै होइन, ७ मन्त्रालय रहेको गण्डकीमा गुरुङले फुटाएर ११ वटा मन्त्रालय बनाइदिए। बाँकी मन्त्रालयमा नेकपा एमालेबाट धेरै जना आकांक्षी भएपनि उनले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउन चाहेका छन् ।

प्रकाशित: May 23, 2021| 09:12 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।