सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षका जनवर्गीय संगठनको निष्कर्ष : ओली षड्यन्त्रको डटेर सामना गर्नुपर्छ 

नेपाल पक्षका जनवर्गीय संगठनको निष्कर्ष : ओली षड्यन्त्रको डटेर सामना गर्नुपर्छ 

नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षीय जनवर्गीय संगठनले माधवकुमार नेपालबिनाको एमाले बनाउने केपी शर्मा ओलीको षड्यन्त्रको डटेर सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- नेकपा एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल पक्षीय जनवर्गीय संगठनले माधवकुमार नेपालबिनाको एमाले बनाउने केपी शर्मा ओलीको षड्यन्त्रको डटेर सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ।

बुधबार भर्चुअल माध्यमबाट भएको छलफलमा सहभागी जनवर्गीय संगठनका पदाधिकारीहरुले अहिले ओलीले माधव नेपाललगायतका केही नेतालाई निष्काशन गरेर एकता गर्न खोजेको भन्दै त्यो मान्य नहुने निष्कर्ष निकालेको हो।

‘दुवै तर्फबाट गठन भएका वार्ता टोलीको औपचारिक छलफलबाहेकका संवादको कुनै औचित्य देखिन्न। नेपाल, खनाल र रावललगायतलाई कारबाही गरेर वार्ताले निष्कर्ष निकाल्न सक्दैन’, भेलाको निष्कर्ष बारे जानकारी दिदैं नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘ढोका बन्द गरेर गरिने छलफलको अर्थ छैन।’

उनले एकता कमजोर बनाउने षड्यन्त्र भइरहेको भन्दै नेतृत्वलाई कुनै पनि हालतमा नझुक्न आग्रह गरिएको जानकारी दिए। वार्ता टोलीको संयोजकलाई निष्काशन गरेको अवस्थामा कार्यदलका केही नेताहरु एकताका लागि सक्रिय हुनुको अर्थ नरहेको भेलाको निष्कर्ष रहेको थियो। 

छलफलमा नेता नेपालले ओलीले आफूलाई असहज परिस्थिति आउँदा मात्रै वार्ताको कार्ड फाल्ने गरेको भन्दै आफूले अघि सारेका ६ बुँदे प्रस्ताव कार्यान्वयन भएमा मात्रै एकता सम्भव रहेको बताएका थिए।

प्रकाशित: Jun 02, 2021| 13:28 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।