सोमबार, जेठ २०, २०८२

हवाई इन्धनको मूल्य घटेपछि ढुवानी व्यवसायी खुसी

पेट्रोलियम ढुवानी व्यवसायी संघले हवाई इन्धनको मूल्य घटाउने नेपाल आयल निगमको निर्णको स्वागत गरेको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- पेट्रोलियम ढुवानी व्यवसायी संघले हवाई इन्धनको मूल्य घटाउने नेपाल आयल निगमको निर्णयको स्वागत गरेको छ।

संघले हवाई इन्धनको मूल्य घटेको भन्दै त्यसको लाभ आफूहरुलाई पनि हुने उल्लेख गरेको छ। मूल्य घटेपछि हवाई इन्धनको कारोबार बढ्ने र पेट्रोलियम ढुवानी गर्न पाउने भन्दै संघले घटेको मूल्यको स्वागत गरेको हो।

‘निगमको यो निर्णयसँगै ढुवानी व्यापार बढेर त्यसको केही प्रत्यक्ष लाभ हामीले पाउनेमा विश्वस्त छौं’ अध्यक्ष मनोजकुमार दासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोभिडका कारण प्रभावित सूचीमा परेका बेला थोरै भए पनि  आफ्नो ढुवानी व्यवसायलाई राहत महसुस गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 08, 2021| 10:06 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्