काठमाडौं- शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्।
छातीको दुखाइ बढेपछि बधबार उनलाई किष्ट अस्पताल भर्ना गरिएको थियो।
अहिले पनि उनको उपचार जारी छ। स्वास्थ्यमा सुधार आए पनि तत्काल डिस्चार्ज भने नगरिने चिकित्सकले बताएको लेखक किशोर पहाडीले जानकारी दिए।