आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुधारका लागि ३६ बुँदे माग गर्दै क्याम्पसमा तालाबन्दी

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुधारका लागि ३६ बुँदे माग गर्दै क्याम्पसमा तालाबन्दी

जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

रोल्पा- जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।  

“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौँ”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भने, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय आठबुँदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हौँ।”

“विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठबुँदे स्थानीय माग पेस गरिएको उनले बताए। केन्द्र र  स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरुले सुर्खेतमा गरेको आन्दोलन रोल्पालगायत अन्य आङ्गिक क्याम्पसहरुमा सरेको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्का बताए। जलजला बहुमुखी क्याम्पससँग जोडिएका माग भए त्यसबारे छलफल गरिने तर स्थानीय मागबारे आफूसँग परामर्श नभएको उनको भनाइ थियो। 

लामो समय थला परेको शैक्षिक क्षेत्रमा बन्द हडतालभन्दा अन्य विकल्प खोजेर आन्दोलन गर्नुपर्ने अभिभावकहरुको भनाइ छ। कोरोनाले  लथालिङ्ग शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिनु राम्रो नभएको  उनीहरुको भनाइ छ। रासस

प्रकाशित: Aug 04, 2021| 10:15 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।