शनिबार, जेठ १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने पक्राउ

गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने पक्राउ

पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत काठमाडौं नयाँ बानेश्वर बस्ने रामेछाप सुनापति गाउँपालिका-१ गुन्सी भदौरे घर भएका २२ वर्षीय सुजन गौतम र काठमाडौं कोटेश्वर बस्ने बझाङ केदारस्यूँ गाउँपालिका-८ भण्डार घर भएका २८ वर्षीय चन्द्र प्रसाद जोशी रहेका छन् ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं- गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत काठमाडौं नयाँ बानेश्वर बस्ने रामेछाप सुनापति गाउँपालिका-१ गुन्सी भदौरे घर भएका २२ वर्षीय सुजन गौतम र काठमाडौं कोटेश्वर बस्ने बझाङ केदारस्यूँ गाउँपालिका-८ भण्डार घर भएका २८ वर्षीय चन्द्र प्रसाद जोशी रहेका छन् ।

कोभिड-१९ महामारीका कारण स्यानिटाइजरको माग बढेका बेला ‘नेपालय ह्याण्ड स्यानिटाइजर’ नामको स्यानिटाइजरको गुणस्तरहीन स्यानिटाइजर विक्री गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

साथै उनीहरूको उद्योग औषधि व्यवस्था विभागमा दर्ता नभएकोसमेत पाइएको छ। प्रहरीले उनीहरूका साथबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरेको छ। 

उनीहरुमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवाश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाइएको छ। फरार रहेका कम्पनी संचालक काठमाडौं सामाखुसीका सुजन दाहालको खोजी भइरहेको महाशाखाले जनाएको छ। 
 

प्रकाशित: Jun 15, 2021| 13:48 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।