काठमाडौं– मंगलबार रातिदेखि देशका विभिन्न भागमा परेको वर्षापछि आएको बाढीपहिरोमा परी जनधनको क्षति भएका समाचारहरु आइरहेका छन्। सिन्धुपाल्चोक, दाङ, धनगढी, डोटीलगायत स्थानमा गरी एक करिब दर्जन शव फेला परेका छन्। कतिपय हराइरहेको खबर छ। मृतकको यकिन संख्या आइनसकेको प्रहरीले जनाएको छ।
सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको छ, जहाँ सात जनाको शव फेला परेको छ।
हेरौं, देशका विभिन्न भागका पछिल्ला तस्बिर। स्रोत : रासस र सामाजिक सञ्जाल