काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् भने ५२ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ६८७ पीसीआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गरिएकाे हो।
हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।