शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अझै तीन दिन वर्षाको सम्भावना, यी हुन् प्रभावित हुने नदी

अझै तीन दिन वर्षाको सम्भावना, यी हुन् प्रभावित हुने नदी

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

बिहीबार - मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ।

राति देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार - दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कुन नदी र जिल्ला प्रभावित

महाशाखाको बुलेटिनअनुसार बिहीबार बिहानको मापनअनुसार बदिगाड रुद्राबेनी र सुनकोसी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ। कन्काई, कोसी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ। 

कोसी, नारायणी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा बहाव बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। यस्तै कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सतर्कताभन्दा तलै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 


 

प्रकाशित: Jun 17, 2021| 04:20 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।