सोमबार, जेठ २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रोटरी क्लबद्वारा कैलालीका विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

रोटरी क्लबद्वारा कैलालीका विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

रोटरी क्लव अफ धनगढीले धनगढस्थित सेती प्रादेशिक अस्पताललगायत कैलालीका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई २५ थान कन्सन्ट्रेटर वितरण गरेको छ।
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

धनगढी- रोटरी क्लव अफ धनगढीले धनगढस्थित सेती प्रादेशिक अस्पताललगायत कैलालीका विभिन्न अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई २५ थान कन्सन्ट्रेटर वितरण गरेको छ।

बिहीबार बिहान सेती प्रादेशिक अस्पताललाई १० थान कन्सन्ट्रेटर हस्तान्तरण गरेको रोटरी क्लव अफ धनगढीले पहिलो दिन कैलालीका विभिन्न अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ थान वितरण गरेको हो। 

जनस्तरबाट संकलित रकमबाट रोटरी क्लव अफ धनगढीले १०० थान कन्सन्ट्रेटर भित्र्याएको छ। रोटरी क्लव अफ धनगढीका अध्यक्ष तोयराज भट्ट, संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्ट, पूर्व अध्यक्ष डा. गणेश बहादुर सिंह, निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरलगायतले सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेयलाई कन्सन्ट्रेटर हस्तान्तरण गरे।

अक्सिजन कन्सन्ट्रेटर प्राप्त गरेपछि नेपालसमयलाई प्रतिक्रिया दिँदै सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. हेमराज पाण्डेले कोभिड–१९ का बिरामीलाई उपचारमा थप सहजता हुने बताए। उनले प्राप्त अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामाग्रीले कोभिड–१९ को तेस्रो लहर आइहाले ठूलो सहयोग पुग्ने बताए।

अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु अस्वाभाविक रुपमा बृद्धि भएपछि क्लबले कन्सन्ट्रेटर खरिदका लागि सहयोग संकलन गरेको रोटरी क्लब अफ धनगढीका निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरले बताए। सोही रकमबाट क्लवले १० लिटरका कन्सन्ट्रेटर खरिद गरेर ल्याएको हो। 

टीकापुर अस्पताललाई ५ थान, सैनिक फिल्ड अस्पताललाई ५ थान, मालाखेती अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिक स्वास्थ्य केन्द्र र लम्की चुहा अस्पताललाई २–२ थान कन्सन्ट्रेटर बिहीबार नै हस्तान्तरण गरिएको क्लवका संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्टले बताए।

उनले कन्सन्ट्रेटर अभियानमा देशविदेशबाट सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए। उनले अन्य कन्सन्ट्रेटर पहाडी जिल्लामा वितरण गरिने बताए।

प्रकाशित: Jun 17, 2021| 13:49 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।