००००
जब आफूलाई ब्युँझाइरहने सपना
सदाका लागि निदाइदिन्छ
आत्महत्या गर्न कत्ति सजिलो छ
....
जब सारा चिज अपरिचित
र सारा दुनियाँले घृणा गरेझैैं लाग्छ
आत्महत्या गर्न एकदम सजिलो छ
जब जिन्दगीलाई निम्नस्तरबाट घृणा गर्नुपर्ने अवस्थामा पुगिन्छ
....
‘तर, आत्महत्या गर्न साह्रै गाह्रो काम रहेछ। यो जोकोहीको वशको कुरै होइन।’
कविताका केही पंक्तिमा उनको विमति रह्यो। कविता सुनिसकेपछि मदन भण्डारी कलेज छेवैको एक क्याफेमा सुस्तरी बोलिन्। उनको आवाज सानो टेबलको परिधि नाघेर कविजीको कानमा फुस्स पस्यो। उनको मधुरो आवाजलाई कानभित्रै राखिदिए कविजीले। एकछिनपछि कतै अलप भयो। उनी फेरि बोलिन्, ‘अत्महत्या गर्न मोह, लोभ, ईर्ष्या, घमण्ड, प्रेम, महसुस, दुखाइ सबैलाई आफूभित्रबाट कतै सन्नाटाको टोकरीमा फाल्नुपर्ने रहेछ। यी चिजलाई आफूबाट अलग गर्न निकै बलियो तागत चाहिने रहेछ। ममा त्यो थिएन र अहिले तपाईंको सामुन्ने सास फेरिरहेकी छु।’
कविजी केही बोलेनन्। वाल्ल परेर उनकै चलिरहेको मुखमा आँखा राखिरहे। त्यो मुखमा कफीको एक चुस्की पनि पस्यो। कफीको स्वादमा लतपतिएको जिब्रो पनि देखियो। कफीको कपले बिग्रिएको लिपिस्टिकका लागि तल्लो–माथ्लो ओठ एकआपसमा रगटिए।
तर, कविजीकोे आँखा उनको मुखबाट हटेन। न भित्रै पस्यो।
कविजीको आँखालाई आफ्नो मुखको डिलबाट न्यापकिनले पन्छाउँदै भनी, ‘धेरै ट्वाँ पर्ने होइन। यस्ता अर्थहीन निराशाका पारखीलाई फुकेरै उडाइदिन नपरोस्।’
आफ्नो बोलीले आफैं हाँसी। त्यो हाँसोको साँघुरो माहोलमा कविजीको अलिकति साथ रह्यो। यतिबाहेक अरु गर्ने तागत बाँकी थिएन कविजीसँग।
निकै दिनदेखि रुझेको लुगाझैं भएका थिए कविजी। भित्रभित्रै चुर्लुम्म भिजेका। कसैले जिउबाट निकालिदिएर फालिदिएको थियो। फाल्दा पनि निचोरेर फालेको भए पनि त हुने नि! जसरी रुझेका थिए, त्यसरी नै फालिदिए।
कविजी कुण्ठा फाल्न गएको साइतमा यता कोठामा चोरको साइत मिलेछ। चोरले ल्यापटप र खुत्रुक्केको पाँच–दसका नोट लिएर गएछ। कोठाको त्यो भयावह दृश्यले कविजीको दिमाग शून्य भएको थियो। त्यहीँ भुइँमा ढलेछन् पनि। आधा घण्टापछि ब्युँझेछन्।
निचोरेर फालिदिएको भए यतिन्जेल सुकिसकेका हुने थिए हाम्रा कविजी।
पिन्चे अनुहार लगाएर बसिरहेका थिए। रुन्चे भएर बाँचिरहेका थिए। कविजीको रहरलाग्दो आख्यान थियो। कविता कर्म छाडेर आख्यानकार बन्ने रहर जो थियो। आख्यानको भाइरसले साहित्यिक सहर लकडाउनमा थियो। त्यो भाइरसले कविजी संक्रमणमा नपर्ने कुरै रहेन। त्यही संक्रमणको उपचार गरिरहेका थिए कविजीले।
करिब ५९ हजार शब्द कविजीको थोत्रे ल्यापटपको वर्ड फाइलमा सेभ थिए। अझै १७ हजार जति थपिनेवाला थियो। तर, बेपत्ताको सूचीमा रहेका सत्र हजार शब्द थप्न कविजीले जनयुद्ध नै गर्नुपर्ने अवस्था थियो। जाने जति र बुझे जति लेखिसकेका थिए। तर, सत्र हजार? यो त कविजीले आख्यान लेख्न सुरु गर्दा पनि सोचेका थिएनन्। बिम्ब र प्रतीकमा खेलिहिँडेर, अलिअलि चोरचार गरेर, अलिअलि प्रभावित भएर कविता लेख्ने निमुखा कविजीका लागि सत्र हजार शब्द थप्नु सानोतिनो सकसको पाटो थिएन।
जतिपटक वर्ड फाइल खोल्थे, उतिपटक लेख्न खोज्थे। तर, जतिपटक किबोर्डमा औंला दगुराउँथे, उत्तिपटक डिलिट अप्सनमा पनि औंला दगुराइहाल्थे। यस्सो सोच्थे, बजार त आख्यानकै हो! अनि जिब्रो लबलबाउँथे। आख्यानतिर हामफालिसकेका लेखक सम्झन्थे। यति हजार कपी गयो, उति हजार गयो भन्ने हल्ला सम्झन्थे। प्रकाशकका गफ सम्झन्थे। किबोर्ड छेवैमा कुइनो राखेर सोचमग्न हुन्थे। उनको मुखको दुवै चेपतिरबाट र्याल चुहिरहे झैं देखिन्थे।
कविजीलाई सेलिब्रेटी हुने रहर त थियो, तर आफैंले घोषणा गरेर नहुने। पाठकको अदालतमा पास हुन परो। पाठकले मन पराइदिन परो। पाठकले पनि किताब पढेर मन पराइदिने हुन्। कविजीका जस्ता दिमागमा आख्यान र मनमा सेलिब्रेटीवाला महसुस बोकेर हिँडेकाहरू चोकैपिच्छे भेटिन्थे। चियापसलमा बसेर सोच्थे, गफ लाउँथे, छलफल गर्थे। अन्तिममा चियाको उधारो लेख्न लाएर हिँड्थे। चिया पसले दाइ÷दिदीहरूको अनुहार नीलो हुन्थ्यो। तर, दुईचार चम्चा चिनी र तातोपानीको पैसा त हो, तिर्लान् नि भनेजस्तो अनुहार बनाएर खातामा चढाउँथे।
कविजीको जिन्दगीको पछिल्ला अध्याय कोरिएको सीडी जसरी नै कोरिएको थियो। अड्किरहेको थियो। कोरिएको सीडीमै भए पनि धैर्य रहेर फिल्म हेरे जसरी आफ्नो जिन्दगी हेर्न सकिरहेका थिएनन्। कविजीलाई निकै झ्याउ लागिरहेको थियो आफ्नै जिन्दगीको फिल्म।
यस्ता हजार कविजीहरुको हुलमा यी कविजी नपर्ने विषय नै रहेन। यिनले पनि आख्यान त लेखिरहेका थिए। तर, बीचमा अड्किएका थिए। अब लगभग लामै समय अड्कनेवाला थियो। कल्पनाशीलता र बुद्धिले भ्याएजत्ति लेखिसकेका थिए। अब जादु भएमा मात्रै आख्यान सकाउन सक्थे। जसोतसो शब्द थुपार्न त सक्थे, तर गतिलो आख्यान बन्न आकाश नै खस्नुपर्ने अवस्था थियो।
यही फ्रस्टेसनले कविजीले ल्यापटपमा जोडिएको कम्प्युटरको किबोर्ड पनि फुटाले।
केही दिनअघि साथीकहाँ दारु पिउन गएका थिए। दारु पिएर कुण्ठाहरु ओकले। अरूका कुरा काटेर बसे। त्यस रात त्यतै बसे। बिहान साँघुरो मन लिएर साँघुरो कोठामा फिरे। तर, कोठाको ढोकामा चाबी थिएन। ढोका पनि खुल्लै थियो। भित्र पसे, त्यहाँ ल्यापटप थिएन। सिरानी छेवैमा खुत्रुक्के थियो। पाँच–दसका नोट खसाल्थे त्यहाँ। त्यो खुत्रुक्के पनि दुइवटा बटुकोजस्तो भएको थियो।
कविजी कुण्ठा फाल्न गएको साइतमा यता कोठामा चोरको साइत मिलेछ। चोरले ल्यापटप र खुत्रुक्केको पाँच–दसका नोट लिएर गएछ। कोठाको त्यो भयावह दृश्यले कविजीको दिमाग शून्य भएको थियो। त्यहीँ भुइँमा ढलेछन् पनि। आधा घण्टापछि ब्युँझेछन्।
कविजीले ल्यापटपमा लेखिरहेका आख्यान जिमेल ड्राइभमा पनि सेभ गरेका भए त्यति तनावमा जाने थिएनन्। ल्यापटपसँगै कविजीलाई सेलिब्रेटी बनाउने जिनिस पनि चोरले लगिदिए। कविजी झनै कुण्ठित बने। दुःखी बने।
दिनमा दुई हजार शब्दसम्म लेखेर ५९ हजार पुर्याएको आख्यान गुमाए कविजीले। आख्यान गतिलो बनेमा सेलिब्रेटी हुने अवसर गुमाए। अब फेरि लेख्न कविजीलाई छ महिना लाग्छ।
आख्यान सकिएको केही दिनपछि कविजीलाई गर्लफ्रेन्डले सञ्जालमा ब्लक गरिछन्। त्यसको केही दिनपछि थाहा पाए, गर्लफ्रेन्ड त एनआरएन बनिसकिछन्। अस्ट्रेलियाबाट आएका जारसँग विवाह गरिछन्। कविजीले फेक आईडी बनाएर गर्लफ्रेन्डलाई हेरे, जारलाई पनि हेरे। कविजीभन्दा कहाँ हो कहाँ हिरो इन्जिनियर! यी सबै घटना सहन नसकेर कविजी खुब रोए। तर, उनको आँसु यत्तिकै सुक्यो। सिरानीलाई चिसो मात्रै बनायो।
केही दिनदेखि निकै डिस्टर्ब थिए कविजी। उहाँको जिन्दगीको सीडी कोरिएको थियो। राम्रोसँग चलिरहेको थिएन। एकैछिन रोकिन्थ्यो, अलिअलि चल्थ्यो अनि फेरि रोकिन्थ्यो।
सानो बेलामा गाउँमा टीभी हेर्दा कोरिएको सीडीले निकै आजित बनाउँथ्यो। जब फिल्म रोकिन्थ्यो, एउटा मुड र इमोसनमा ब्रेक लाग्थ्यो। कहानीमा डुबिरहेका बेला फुत्त बाहिर निकाल्थ्यो रोकिएको फिल्मले। मुडको लय बिगार्ने सीडी झिकेर सासले बिस्तारै फुकेर नरम कपडाले पुछिन्थ्यो। अनि फेरि फिल्म सुरु हुन्थ्यो। तर, कोरिएका सीडीले आफ्नो स्वभाव छाड्थेन। फेरि त्यसरी नै अड्कन्थ्यो। तैपनि जसोतसो फिल्म हेरिन्थ्यो।
कविजीको जिन्दगीको पछिल्ला अध्याय कोरिएको सीडी जसरी नै कोरिएको थियो। अड्किरहेको थियो। कोरिएको सीडीमै भए पनि धैर्य रहेर फिल्म हेरे जसरी आफ्नो जिन्दगी हेर्न सकिरहेका थिएनन्। कविजीलाई निकै झ्याउ लागिरहेको थियो आफ्नै जिन्दगीको फिल्म। तर, नहेरी पनि भएको थिएन। यथार्थबाट भागेर कहाँ जान सक्थे र कविजी!
उदासीका प्रत्येक तिखा सुईहरूले एकान्तमा निरन्तर घोचिरहेकै थियो। एक्लै हुँदा झनै धेरै बिझाउने। आफ्नै चिच्याहटले पनि दुखाउने। आफ्नै सुस्केराले पनि बल्झाउने। आफ्नै मौनताले पनि सताउने। ओहो ! यति गाह्रा दिन कविजीले सायदै भोगेका थिए। अथवा, सायदै कल्पना गरेका थिए।
यसै बेला कविजीले बुझेका हुन्, तयारीविना बसिरहेको बखत आएको आँधीले बाँकी केही राख्दैन। आँधी सकिएर सामान्य बनेको अवस्थामा पनि केही गर्न सकिँदैन। विकल्पविहीन हुनुको विकल्प नै नहुने रहेछ।
कविजी यस्तै भएर बसिरहेका थिए।
त्यही अवस्थामा उनी बोल्न आइन् कविजीसित। रमाइलो गराउन खोजिन्। फ्रेस बनाउन खोजिन्। तर, भित्रै रुझेको मान्छेलाई जति नै न्यायो घाममा सेकाए पनि ऊ सुक्न सक्दैन। तैपनि कविजी उनीसित बोलिरहे। उनले बोलाइरहिन्। कविजीले म्यासेजको रिप्लाई फर्काइरहे। उनले लामा–लामा म्यासेज पठाइरहिन्।
म्यासेजको यही ओहरदोहरबीच आज भेट भएको छ दुईजनाको। कविजीलाई सम्झाउन र हौसला प्रदान गर्ने सुरमा यस क्याफेमा ज्यानलाई ल्याइपुर्याएकी छिन्। उनको यो प्रयत्नको कदर छ, तर सत्य कतै लुकेको छ। त्यो सत्यले भन्छ, कसैले सम्झाएर केही हुनेवाला छैन।
तैपनि कसैको सदासयतालाई नकार्न नसकिने। कसैको शुभचिन्तालाई अस्वीकार गर्न नसकिने। अन्ततः कविजीले पनि स्वीकारिदिए। र आज कविजीलाई सम्झाउन ४६ किलोको ज्यानलाई स्कुटीमा राखेर आइपुगेकी छन्।
बासनाकै ध्येय भएका कुनै प्रेमीले पनि प्रशंसा गरेर सक्दैन। के केको प्रशंसा गरोस् र विचराले! मेरो आँखाको गरोस् कि, मेरो ओठको गरोस् कि, मेरो डिम्पलको गरोस् कि अथवा मेरो कपालको गरोस् ! मेरो स्तनको गरोस् कि हिपको गरोस्।
‘तपाईंले आत्महत्याको कोसिस गर्नुभएको छ?’ अचानक अनावश्यक प्रश्न सोझ्याई।
उत्तर त दिनै पर्यो।
‘छ।’
‘पछिल्लोपटक कहिले कोसिस गर्नुभयो?’
‘धेरै समय भएको छैन।’
‘भनेपछि असफल हुनुभयो?’
‘सफल भएको भए मेरो घाँटीमा मेडल झुण्डिरहेको हुन्थ्यो,’ हाँस्दै बोले कविजी।
उनी फिस्स हाँसिन्। उनको हाँसोमा हाँसो कम, दर्द ज्यादा देखिन्थ्यो। तर, हाँसिरहेकी नै छिन् आधा घण्टादेखि। उनको मुखमा हाँसोकै स्टिकर टाँसिएझैं देखिन्छ, घरिघरि फिस्स फिस्स! स्टिकरवाला हाँसो!
‘मेरो आत्महत्याका कथा सुन्नुहुन्छ?’ कविजीतिर हेरेर सोधिन्। कविजी अलमलमा परे।
‘हुन्छ, सुनाउनुस् न।’
‘तर, धैर्य र समय लाग्छ।’
‘हामीसँग समय छँदैछ नि।’
‘बहिनी, दुईवटा अमेरिकानो, सिंगल सट!’
बसेकै ठाउँबाट क्याफेको काउन्टरतिर हेरेर वेटरलाई भनिन्। र कथा सुरु गरिन् –
.....
‘मैले गत वैशाखमा आफैंलाई झण्डै बिदा दिएको। धन्न मेरी पार्टनर आइपुगिछन् मेरो फोन नउठेपछि र आज जिउँदो छु।
कहिलेकाहीँ त मलाई लाग्छ, यो दुनियाँ मजस्ता मानिसका लागि बनेकै होइन। मजस्ता मानिसका लागि यो दुनियाँमा कुनै स्थान नै छैन। झुल्केको घाम, फुलिरहेको फूल, चराका गीत, पानीको कलकल, पूर्णिमाको जून, औंसीका तारा हेरेर आनन्द लिने छुट मजस्तालाई छैन। म त्यो मानिस हो, जसको अनुभूतिको हिसाब यो दुनियाँमा चाहिँ कमसेकम हुँदैन।
तपाईंलाई यसो भन्दै गर्दा अचम्म लाग्यो होला है?
मस्त उमेरमा भएकी केटी, सुन्दर पनि छु, केही कुराको कमी छैन। बासनाकै ध्येय भएका कुनै प्रेमीले पनि प्रशंसा गरेर सक्दैन। के केको प्रशंसा गरोस् र विचराले! मेरो आँखाको गरोस् कि, मेरो ओठको गरोस् कि, मेरो डिम्पलको गरोस् कि अथवा मेरो कपालको गरोस् ! मेरो स्तनको गरोस् कि हिपको गरोस्। अथवा मेरो पाँच दशमलव पाँच इन्च उचाइको गरोस्! अथवा प्यात्त पेट नलागेकोे शरीरको गरोस् ! अथवा मेरो आँट, हिम्मत, सृजनशीलता र चेतनाको गरोस्!
हिही, कुनै प्रेमीले बयान गरेर नसक्ने मजस्ती केटीले यस्तो निस्सार कुरा गर्दा अचम्म त लागिहाल्छ नि तपाईंलाई। यस्तो उदास र शून्य कुरा गर्दा जोकोही चकित खान्छ। चकित हुनु भएन भने मलाई भन्नुस् ! चकित बनाउने जिम्मा मेरो भो।
म आफ्ना उदासीहरु अक्सर पोख्ने गर्छु। कोही–कोही भाग्यमानीको अगाडि मेरा उदासीका पोको फुस्काउँछु। असरल्ल पोखिदिन्छु आफूलाई। तर, जोकोहीको अघि आफूलाई पोख्दिनँ।
किन थाहा छ ?
किनभने मानिसहरु अरुका दुःख, दर्दहरुमा रमाइलो मान्छन्। अरुको समस्यामा आफ्ना कुण्ठा पोखाएर बस्छन्। मानिसका लागि कसैको पीडाहरु आनन्दका मल्हम हुन्। उनीहरु खुब इन्जोय गर्छन्।
तपाईंलाई कस्तो लाग्छ कुन्नि, मलाई त मानिसलाई देखाउने भनेकै खोक्रो भए पनि मुस्कान हो लाग्छ। मानिसलाई जलाउने भनेकै खुसी हुन् लाग्छ। निराशा, दुःख, उदासी त मेरा लागि ऊर्जा हुन्। मेरा सम्पत्ति भनेकै ती कुरा हुन्। जसकारण म प्रत्येक पल बलियो भएर निस्कन्छु।
गत फागुनमा दोलखा घरबाट आमाले फोन गरिन्, ‘घर आइज छोरी। तेरा लागि केटा माग्न आएको छ। बेलाइतमा बस्दोरहेछ। बिहे गर्न मात्रै आएको रे। खानदान, कुल सबै मिल्छ।’
‘मैले कतिपटक भन्नु आमा म विवाह गर्दिनँ भनेर। मलाई विवाहमा कुनै रुचि छैन।’
‘त्यसो भनेर हुन्छ? २५ वर्षकी भइसकिस्। योभन्दा बढी उमेर गयो भने केटो पाइँदैन।’
मैले आमासँग जिद्दी गरेँ। विवाह गर्दिनँ भनेर फोन काटिदिएँ। तर, आमाको पो फोन काटिदिएकी थिएँ। यसपछि लगातार सुरु भयो बा, दाइ, मामाको फोन। मेरो जवाफ कसैले चित्त बुझाएनन्। सुरुआतमा सम्झाए। पछि थर्काउन थाले। थर्काएर पनि पुगेन, मेरो डेरा कपनमै लिन आउने भने।
मेरो एकै उत्तर थियो, ‘यहाँ लिन आएर जबरजस्ती गर्ने हो भने मेरो लास लिएर जानु। त्यही लाससँग त्यो केटोको विवाह गरिदिनू।’
वाइन पिउन सुरु गर्नुअघि नै दुई बोतल ज्यादा आँसु भुइँमा पोखियो। त्यही आँसुमाथि वाइन ग्लास राखें। वाइन भरें। र स्वाट्टस्वाट्ट पिउन थालें। आँसु भुइँमा पोखिइरहेको थियो। मुखमा वाइन पोखिइरहेको थियो। चार ग्लास पिउँदासम्म थाहा थियो, मेरा आँसु पोखिरहेका छन्। तर, त्यसपछि थाहा पाइनछु।
तर, उनीहरु मानेनन्। लिनै आउने जिद्दी गरे। यसपछि मैले केही सोच्न सकिनँ। जम्मा सोचेको भनेकै आत्महत्या थियो। जम्मा लागेको भनेकै यो दुनियाँ मेरा लागि होइन भन्ने थियो। तर, कसो कसो आत्महत्याका लागि मेरो चेतना तगारो बनिदियो।
फागुन दुई गतेको कुरो। त्यस दिन नगरकोटको डाँडोबाट खाल्डोमा घाम खसिसकेको थियो। मेरो झ्यालमा पनि छिरेको थियो। तर, मैले सिर्फ अँध्यारो मात्रै देखिरहेकी थिएँ। मेरा आँखामा अन्धकार मात्रै थियो। त्यही अँध्यारोमा आफ्नै हातले आफूलाई सुमसुम्याउँदा मात्रै लाग्थ्यो, म जिउँदो छु।
आत्महत्या त गर्नु छ, यति सजिलो तरिकाले गर्न मन लागेन। कन्सट्यान्सीमा बिदा मागें एक दिनका लागि। ११ बजेको हुँदो हो, लिक्वेर सप गएँ। दुई बोतल रेड डिभाइन वाइन लिएँ। एक बट्टा चुरोट लिएँ। डेरा आएँ।
वाइन पिउन सुरु गर्नुअघि नै दुई बोतल ज्यादा आँसु भुइँमा पोखियो। त्यही आँसुमाथि वाइन ग्लास राखें। वाइन भरें। र स्वाट्टस्वाट्ट पिउन थालें। आँसु भुइँमा पोखिइरहेको थियो। मुखमा वाइन पोखिइरहेको थियो। चार ग्लास पिउँदासम्म थाहा थियो, मेरा आँसु पोखिरहेका छन्। तर, त्यसपछि थाहा पाइनछु।
कति आँसु पोखिए, कति वाइनका ग्लास भरिए। दुई बोतल वाइन सकिइसकेपछि त्यहीं लडेछु। लडिरहँदा मैले के के गरें, थाहा छैन।
हेर्नु न यी त्यही दिन चक्कु दगुरेका हात। अझैं निको भइसकेको छ। तीन टाँका लागेको छ। हेर्नु न यहाँ, घाँटीमुनि र छातीमाथि पनि चक्कु दगुरेछ। तीनचारवटा घाउ थिए। अब एउटा बाँकी छ। यो घाउ त ठिक होला, तर यहाँ लागेको खत सधैं रहनेछ।
त्यस दिन मलाई नीलाले खुब फोन गरिछन्। मैले नउठाएपछि चार बजेतिर ऊ आफैं दौडेर मेरो कोठामा आइछन्। मलाई यस्तो हालतमा देखेपछि अस्पताल लगिछन्।
बिहान ब्युँझँदा चाबाहिलको मेडिकेयर अस्पतालको बेड नम्बर २७ मा थिएँ। त्यही आइपुगेका थिए मेरा बा र दाइ। उनीहरु केही बोलेनन्। मात्रै मलाई हेरिरहे। नीलाले भनिन्, ‘तपाईंहरु सृजनालाई लिन आउनुभएको होइन? यहाँबाट उठाएर लानुस्! लगेर विवाह गरिदिनुस्। बेलायत लैजान्छ ज्वाइँले।’
बा र दाइ केही बोलेनन्। मेरो हालत टोलाएर हेरेर मात्रै बसे।
१६ वर्षकै उमेरमा मागी विवाह गरेकी उनले छ वर्षपछि मात्रै थाहा पाइन्, आफू सामान्य मानिसभन्दा फरक छु। मानिसले सोच्ने पुरुष–महिलाभन्दा फरक छु। आफ्नो यौन चाहना पुरुषप्रति फिटिक्क छैन। पुरुषसँग कुनै अनुभूति र महसुस हुँदैन।
पाँच दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ। म अस्पतालमै हुँदा घर गए बा। दाइ भने अस्पतालबाट डिस्चार्ज भएको एक सातापछि गाउँ फिरे।
त्यसपछि अहिलेसम्म विवाहको प्रस्ताव ल्याएका छैनन् घरकाले। सायद अब ल्याउँदैनन् पनि। र म विवाह पनि जिन्दगीमा कहिल्यै गर्दिनँ कुनै पुरुषसँग।
अँ, नीलाले अहिले पनि मलाई बस्न सहज बनाइरहेकी छिन्। उनको कोठा मैतीदेवीमा आठ वर्षको छोरो र सासूआमा पनि छन्। दुवैलाई स्याहार गरेर खुर्र कुदेर आउँछिन् मेरो कोठामा। प्रायः खाना उसैले आफ्नो कोठामा बनाएर ल्याइदिन्छिन्।
नीलाकै मायाका कारण अहिले तपाईंको सामुन्ने उभिएर गफ गरिरहेको छु। नीलाले दिएको मायाले बाँचिरहेकी छु।
ऊ पुतलीसडकको हाम्रो कन्सलट्यान्सीमा जापानिज भाषा सिक्न आएकी थिइन्। उसकी श्रीमान् जापानमा रहेछ। ऊ पनि जापान जाने तयारी गरिरहेकी रहिछे, त्यो पनि श्रीमान्को र परिवारको करले। उनैलाई जापानिज भाषा सिक्न सहज बनाउन सासूआमा काठमाडौं आएकी रे खोटाङबाट।
म जापानिज भाषा सिकाउँथें। उनी मेरी विद्यार्थी थिइन्। उमेरले सँगसँगै भए पनि ऊ विद्यार्थी, म शिक्षिका।
तर, समय गुज्रँदै जाँदा हामी नजिक भयौं। साथी भयौं। प्रेमी भयौं।
१६ वर्षकै उमेरमा मागी विवाह गरेकी उनले छ वर्षपछि मात्रै थाहा पाइन्, आफू सामान्य मानिसभन्दा फरक छु। मानिसले सोच्ने पुरुष–महिलाभन्दा फरक छु। आफ्नो यौन चाहना पुरुषप्रति फिटिक्क छैन। पुरुषसँग कुनै अनुभूति र महसुस हुँदैन।
मैले पनि आफूलाई आम मानिसभन्दा फरक पाएको तीन वर्ष मात्रै भयो। झण्डै उसकै समयमा। पहिला एउटा ब्वाइफ्रेन्ड बनाएकी थिएँ रहरले। तर, रहरले बनाएको ब्वाइफ्रेन्ड रहरमै सकियो। मलाई पुरुषप्रति कुनै चाहना छैन अहिले त।
हामी कन्सलट्यान्सीमा भेट भएर नजिक हुन थालेपछि नै हामीले एक अर्काको यौन चाहनालाई बुझ्यौं। एकअर्काको रुचि र अनुभूतिलाई बुझ्यौं।
ट्वाँ पर्नुभयो त मेरो कुरा सुनेर?
हिहि, छक्क नपर्नुस्। तपाईं तेस्रो भाग्यमानी मान्छे हो, जसले मेरो लिंगबारे थाहा पाउँदैछ। एउटा मेरी आमा, जसलाई केही साताअघि मात्रै भनिदिएँ। अर्कीे नीला। अनि तेस्रो चाहिँ तपाईं।
अहिले नीला र म प्रेम सम्बन्धमा छौं। तर, उसको बच्चा, परिवार छ। यहाँबाट कसरी छुटकारा पाउने, केही उपाय निकाल्न सकेका छैनौं। अचेल त मेरो कोठामा आएर आफ्नो कोठामा फर्कँदा उसलाई डर मात्रै लाग्छ रे! हातहरु काँप्छन् रे! सासूआमा र बच्चालाई देख्दा तर्सिन्छिन् मात्रै रे!
हामी सम्बन्धको क्लाइमेक्समा आइपुगेका छौं। अब त छुट्न पनि सक्दैनौं। तर, बीचमा आइपुगेका ब्रेकरहरु टन्नै छन्। त्यहाँ घरिघरि ठोक्किरहन्छ हाम्रो यात्रा।
उनीतिर हौसलाका शब्द फाल्ने कि आफ्नै जिन्दगी सम्झेर निराशामा अल्झने? कविजीले दुवै काम गरेनन्। हिजोको दिनलाई त्यही क्याफेको टेबलमा सृजनाको कथाको थुप्रोले पुरेर क्याफेबाट बाहिरिए। उनी ९७ लटको स्कुटी हाँकेर फेरि कफी पिउने सर्तसहित दुःखी नहुनु भनेर बेपत्ता भइन्।
यहाँबाट कसरी अगाडि बढ्ने, केही सोच्न सकेका छैनौं।
हिही, आफ्नै कथालाई मात्रै भयानक र दर्दनाक सम्झेर धेरै दुःखी नहुनुस् कविज्यू। संसारमा अर्बौं मानिसका आआफ्नै कथा छन्। आफ्ना कथा आआफ्नै लागि यस्तै दुःखलाग्दो पनि। तर, कहिलेकाहीं आफ्नो कथाभन्दा अरुको कथा झनै खतरनाक हुन्छन्। त्यही भएर अरुलाई बढी सुन्नु भन्छन् नि मान्छेहरु, हिही....।
हेर्नु न, नीलाको फोन तीनपटक आइसक्यो। ऊ मेरो कोठामा पुगिसकी। अब पनि मैले फोनमा रेसपोन्स नगरे आत्तिएर बहुलाउँछिन्।
एकछिन है, म उसलाई कलब्याक गर्छु।
.......
कथा वाचनमा उनको ‘हिही’ ले बीचबीचमा पज गरिरह्यो कविजीलाई। ‘हिही’सँगै उनको डिम्पलभित्र पसिरहे। निःशब्द रहेर कुनै अँध्यारो सुरुङभित्र पसेझैं भइरहे कविजी।
यसपछि कविजी केही बोलेनन्। उनीतिर हौसलाका शब्द फाल्ने कि आफ्नै जिन्दगी सम्झेर निराशामा अल्झने? कविजीले दुवै काम गरेनन्। हिजोको दिनलाई त्यही क्याफेको टेबलमा सृजनाको कथाको थुप्रोले पुरेर क्याफेबाट बाहिरिए। उनी ९७ लटको स्कुटी हाँकेर फेरि कफी पिउने सर्तसहित दुःखी नहुनु भनेर बेपत्ता भइन्।
कविजी टोलाएर उनी गएतिर हेरिरहे। अनि कसैलाई फोन गरे, ‘दाइ मलाई सेकेन्ड ह्यान्ड ल्यापटप चाहियो। अब आख्यान लेख्छु म। कथा गतिलो छ।’