सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसमा भेटघाट तीव्र, सभापतिमा श्रेष्ठ र निधि लड्ने घोषणापछि अप्ठ्यारोमा देउवा

कांग्रेसमा भेटघाट तीव्र, सभापतिमा श्रेष्ठ र निधि लड्ने घोषणापछि अप्ठ्यारोमा देउवा

पछिल्लो केन्द्रीय समिति बैठकले भदौ १६ देखि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेपछि नेताहरुलाई चुनाव लागेकाे छ। नेताहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय भेटघाट नयाँ नेतृत्वका लागि दौडधुपमा लागेका छन्। 
 |  सोमबार, असार ७, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, असार ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसमा नेतृत्वका आकांक्षी नेताहरुले भेटघाट तीव्र पारेका छन्। १४औं महाधिवेशन आउन २ महिनाभन्दा बढी समय बाँकी रहँदै नेताहरू नयाँ नेतृत्वको तयारीका लागि आन्तरिक छलफलमा व्यस्त हुन थालेका हुन्। बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले भदौ १६ देखि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेपछि नेताहरुलाई चुनाव लागेकाे छ। नेताहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय भेटघाट नयाँ नेतृत्वका लागि दौडधुपमा लागेका छन्। 

पार्टीका एक दर्जन बढी नेताहरु कांग्रेस नेतृत्वका लागि अकांक्षा देखाएका छन्। त्यसमध्ये पनि केही नेताले छलफल र भेटघाट तीव्र बनाएका छन्।  

सुझाव लिँदै, सहयोग माग्दै देउवा

केन्द्रीय समिति बैठक सकिएको भोलिपल्टै आफू निकटका केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापति शेरबहादुर देउवाले छलफल सुरु गरेपछि महाधिवेशनको रौनक सुरु भएको थियो। देउवाले शनिबार, आइतबार र सोमबार सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन्।  

छलफलमा देउवाले आफू पुनः सभापति लड्ने निर्णय सुनाउँदै सहयोगका लागि आग्रह गर्दै आएका छन्। तर, उनी निकटकै उपभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले समेत सभापतिमा लड्ने घोषणा गरेका छन्। जसले देउवाको दोस्रो पटक सभापति हुने चाहनामा चुनौतीपूर्ण बनेको छ।  

म सभापतिमा लड्ने तय गरिसकें, यसमा ढुक्क भए हुन्छ। शेरबहादुरजीले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,’ देउवाले भनेका छन्। 

शनिबार प्रदेश २ का केन्द्रीय सदस्यहरुसँगको छलफलमा देउवाले निधिलाई सहयोग गर्न आग्रह गरेका थिए। तर, निधिले यसअघि नै १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने र सहयोग गर्न आग्रह गरिसकेको बताउँदै सहयोग गर्न नसक्ने बताएका थिए।देउवालाई आफ्नो निर्णय सुनाएर फर्किएका निधिले आफू ब्याक नहुने बताउँदै आएका छन्। उनले देउवाले आफूलाई सहयोग गर्ने विश्वाससमेत व्यक्त गरिरहेका छन्। ‘म सभापतिमा लड्ने तय गरिसकें, यसमा ढुक्क भए हुन्छ। शेरबहादुरजीले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनेका छन्। 

निधि मात्रै होइन, लामो समय देउवाका सारथी बनेका गोपालमान श्रेष्ठले समेत आफू सभापतिमा लड्ने घोषणा गरेका छन्। आइतबार देउवाले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा समेत श्रेष्ठ उपस्थित थिएनन्। यसअघि नै देउवालाई आफू सभापतिमा उठ्ने जानकारी गराइसकेकाले छलफलमा उपस्थित नभएको श्रेष्ठले बताएका छन्। 

‘मैले यसअघि नै उहाँ (देउवा) लाई आफ्नो निर्णय सुनाइसकेको थिएँ। अब उहाँले नै सहयोग माग्ने छलफलमा किन जानु भनेर गइनँ,’ श्रेष्ठ भने।  

बीपी र गणेशमान पुत्रसँग निधिको अर्थपूर्ण भेट

देउवाले मात्रै होइन, निधिले समेत सभापतिको तयारी तीव्र पार्ने संकेत गरेका छन्। उनले आफ्नो वैवाहिक वार्षिकोत्सवका अवसरमा बीपी पुत्र महामन्त्री शशांक कोइराला र गणेशमान पुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई घरमै बोलाएर लन्च मिटिङ गरेका छन्। महेन्द्रनारायण पुत्र निधिले बीपी र गणेशमान पुत्रलाई घरमै बोलाएर महाधिवेशन केन्द्रित छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  

विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक काेइराला

तीन नेताबीचको छलफलमा महाधिवेशनबारे साझा धारणा बनाउने विषयमा छलफल भएको बुझिएको छ। तीन जानै नेता सभापतिका आकांक्षी हुन्। भेटवार्तामा उनीहरुले एकअर्कासँग सहयोग मागेको स्रोतको दाबी छ। ‘उहाँहरुले सभापतिमा एकअर्कासँग सहयोग माग्नुभयो। महाधिवेशनबारे साझा धारणा बनाउने विषयमासमेत छलफल भएको छ,’ स्रोतले भन्यो, ‘यसबारे सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग कुरा गर्ने सहमति उहाँहरुबीच भएको छ।’ कांग्रेस संस्थापकहरुका तीन पुत्रको भेटले कांग्रेस वृत्तमा नयाँ तरंग ल्याएको छ। 

महाधिवेशन लाग्यो, छलफल गर्दैछौं : युवा नेता

कांग्रेसमा युवा नेतृत्वको बहस लामो समय देखि चलिरहेको छ। बेला–बेला युवा नेताहरुले छुट्टै भेला समेत आयोजना गर्दै आएका छन्। पार्टीमा युवा नेतृत्व स्थापित गर्ने र बलियो पार्टी बनाउनुपर्ने उनीहरुले बताउँदै आएका छन्।  तर, महाधिवेशनका बखत युवा नेताहरु शीर्ष नेताहरुको पिछलग्गु बन्ने गरेको आरोप छ। गुटमा विभक्त हुँदा युवा नेतृत्वको बहस आझेलमा पर्ने गरेको छ।  

सभापति देउवा, उपसभापति निधिले महाधिवेशन केन्द्रित छलफल सुरु गरेपछि युवा नेताहरुसमेत छलफलमा जुटेका छन्। सोमबार राजधानीमा युवा नेताहरुले महाधिवेशन केन्द्रित छलफल गोप्य भेला आयोजना गरेका छन्।  ‘हामीलाई पनि महाधिवेशन लागेको छ। हाम्रो अभियानका साथीहरु छलफलमा जुटेका छौं,’ एक नेताले भने, ‘तर, हाम्रो छलफलका निष्कर्ष तत्काल बाहिर नल्याउने कुरा छ।’ 

सभापति देउवा, उपसभापति निधि र युवा नेताहरुले छलफल सुरु गर्दा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री सिटौला, नेता शेखर कोइरालाले भने देखिने गरी गतिविधि गरेका छैनन्।

सभापति देउवा, उपसभापति निधि र युवा नेताहरुले छलफल सुरु गर्दा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री सिटौला, नेता शेखर कोइरालाले भने देखिने गरी गतिविधि गरेका छैनन्। सिटौला समूहका नेताहरुले भने कार्यवाहक सभापति दिए देउवालाई नै सघाउने संकेत गरेका छन्। आइतबार सिटौला निकट नेता भीमसेनदास प्रधानले देउवालाई भनेका थिए, ‘सिटौलालाई कार्यवाहक सभापति दिनुस्, यसो गर्दा तपाईंले दोस्रो राउन्डमा जित्ने सम्भावना रहन्छ। नत्र तपाईंले जित्नुहुन्न।’

देउवा निकटका नेताहरुको मात्रै छलफलमा सिटौलाले आफ्ना विश्वासपात्रलाई पठाएर कार्यवाहक सभापति मागेपछि कांग्रेसमा नयाँ तरंग आएको छ। आफ्ना समूहका निधि र श्रेष्ठले सभापतिमा लड्ने घोषणा गरेपछि अप्ठ्यारोमा परेका देउवाले सिटौलालाई साथमा लिएर अघि बढ्न सक्ने विश्लेषण समेत कांग्रेसमा भइरहेको छ। १३ औं महाधिवेशन देउवा र पौडेलसँगै सिटौला सभापतिको रेसमा थिए। तर, पहिलो राउन्डमा कसैको पनि ५१ प्रतिशत नआएपछि दोस्रो राउन्डमा सिटौलाले देउवालाई सघाएका थिए। त्यसैले १४ औं महाधिवेशनमा देउवा र सिटौलाबीच सहकार्य हुने सम्भावन नकार्न नमिल्ने नेताहरु बताउँछन्।   

प्रकाशित: Jun 21, 2021| 17:12 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।