सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देउवा र निधिलाई महाधिवेशनले भ्याइनभ्याई बनाउँदा पनि किन चुपचाप छन् पौडेल?

देउवा र निधिलाई महाधिवेशनले भ्याइनभ्याई बनाउँदा पनि किन चुपचाप छन् पौडेल?

देउवाले आफू निकटका नेताहरुसँग सहयोगको आग्रह मात्रै गरेका छैनन्, जित्ने गरी महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशनसमेत दिएका छन्। निधिले आफू कुनै हालतमा ‘ब्याक’ नहुने भन्दै नेताहरुसँग सहयोग मागिरहेका छन्। देउवा र निधिले महाधिवेशनको माहोल तताए पनि वरिष्ठ नेता पौडेल भने चुपचाप छन्। न सार्वजनिक रुपमा उनको कुनै अभिव्यक्ति आएको छ, न त नेताहरुसँग छलफल गरेका छन्।  
 |  मंगलबार, असार ८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असार ८, २०७८

काठमाडाैं– पार्टीको नेतृत्वमा पुग्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि सक्रिय बन्दा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने मौन छन्। 

सभापति देउवाले आफू निकटका सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेर दोस्रो कार्यकाल सभापति बन्ने तयारी थालेका छन्। उसपभापति निधिले महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र प्रभावशाली युवा नेतासँग छलफल गरेर आफ्नो दाबी प्रस्तुत गरेका छन्।  

देउवाले आफू निकटका नेताहरुसँग सहयोगको आग्रह मात्रै गरेका छैनन्, जित्ने गरी महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशनसमेत दिएका छन्। निधिले आफू कुनै हालतमा ‘ब्याक’ नहुने भन्दै नेताहरुसँग सहयोग मागिरहेका छन्। देउवा र निधिले महाधिवेशनको माहोल तताए पनि वरिष्ठ नेता पौडेल भने चुपचाप छन्। न सार्वजनिक रुपमा उनको कुनै अभिव्यक्ति आएको छ, न त नेताहरुसँग छलफल गरेका छन्।  

१३औं महाधिवेशनमा देउवासँग करिब ६ सय मतान्तरले पराजित पौडेल १४औं महाधिवेशनमा स्वाभाविक रुपमा सभापतिका दाबेदार हुन्। तर, संस्थापन इतर समूहमा धेरै आकांक्षी हुँदा पौडेल उम्मेदवार हुने र नहुने टुंगो छैन। गत शुक्रबार भदौ १६ बाट महाधिवेशन गर्ने गरी केन्द्रीय समितिले कार्यतालिका पास गरेको थियो। त्यसको भोलिपल्टैबाट अन्य नेता सक्रिय बने। तर, पौडेलले भने आइतबार गृहजिल्ला पुगेर कांग्रेसलाई संकटको सामना गर्नसक्ने नेतृत्व चाहिएको बताएका थिए। 

खासगरी देउवा र निधिले इतर समूहका नेताहरुसँग गरेका छलफललाई पौडेलले नियालिरहेका छन्। ‘अहिले नै हतार गरिहाल्नुपर्ने अवस्था छैन। देउवा र निधिका गतिविधि र इतर समूहसँगको छलफलबारे चासो दिइरहनुभएको छ,’ पाैडेल निकट ती नेताले भने। 

त्यसबाहेक उनले महाधिवेशनबारे कतै बोलेका पनि छैनन्। घरमै बसेर नेताहरुसँग सामान्य छलफल गर्ने बाहेक पौडेल अन्य समूहका गतिविधि नियालिरहेको उनी निकट नेताहरु बताउँछन्। ‘सामान्य छलफलबाहेक उहाँ (पौडेल) ले केही गर्नुभएको छैन। अन्य समूहका गतिविधि नियालिरहनुभएको छ,’ उनी निकट एक नेताले भने। 

रामचन्द्र पौडेल। फाइल तस्बिर

खासगरी देउवा र निधिले इतर समूहका नेताहरुसँग गरेका छलफललाई पौडेलले नियालिरहेका छन्। ‘अहिले नै हतार गरिहाल्नुपर्ने अवस्था छैन। देउवा र निधिका गतिविधि र इतर समूहसँगको छलफलबारे चासो दिइरहनुभएको छ,’ ती नेताले भने। 

निधिले मंगलबार इतर समूहका युवा नेताहरुसँग गरेको छलफललाई पौडेलले चासोका साथ हेरेका छन्। यद्यपि क्रियाशील सदस्यतासम्बन्धी सबै काम सकिएर सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेपछि मात्रै महाधिवेशनको तयारी तीव्र बनाउने योजनामा पौडेल छन्। ‘क्रियाशीलको सबै काम सकिएर अन्तिम सूचीमा सभापतिले हस्ताक्षर गरेपछि अभियान तीव्र हुनेछ,’ पौडेल निकट ती नेता भन्छन्, ‘तर, हाम्रो समूहमा आकांक्षी धेरै छन्। सबैसँग छलफल गरेर टुंगोमा पुग्नेछौं।’ 

तत्कालै महाधिवेशन लक्षित अभियान तीव्र बनाउने योजनामा नरहेका पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्ने तयारी भने गरेका छन्। तर, कहिले गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन। ‘छलफल गर्ने भन्ने योजना हो। कहिले भन्नेबारे यकिन भइसकेको छैन,’ ती नेताले भने। 

पर्ख र हेरको रणनीति 

पौडेल पक्षले तत्काल पर्ख र हेरको नीति लिएको छ। नेता अर्जुनरसिंह केसी महाधिवेशन केन्द्रित गतिविधि र घटनाक्रम कसरी अघि बढ्छन्, त्यसलाई नियाल्ने काम भइरहेको बताउँछन्। ‘हामी घटनाक्रम र गतिविधि नियालिरहेका छौं। समय आएपछि निर्णय लिनेछौं,’ उनले भने, ‘साथीहरु कसरी अघि बढ्नुहुन्छ, त्यो हेर्नुपर्‍याे नि।’ 

अर्जुन नरसिंह केसी। फाइल तस्बिर

संस्थापन इतर समूहबाट साझा उम्मेदवारको खोजी गर्ने प्रयास गरिने उनको भनाइ छ। ‘हाम्रा धेरै साथीहरुको आकांक्षा छ। त्योमध्ये एक म पनि हुँ’, उनले भने, ‘तर, हामीहरु एक ठाउँमा आएर साझा उम्मेदवार चयन गर्नुपर्छ। त्यसका लागि हामी प्रयास गर्नेछौं।’ संस्थापन समूहबाट सभापति देउवा, उपसभापति निधि र नेता गोपालमान श्रेष्ठ सभापतिमा आकांक्षी देखिएका छन्। तर, संस्थापन समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला लगायतका नेता सभापतिका आकांक्षी हुन्। 

‘हामी घटनाक्रम र गतिविधि नियालिरहेका छौं। समय आएपछि निर्णय लिनेछौं। साथीहरु कसरी अघि बढ्नुहुन्छ, त्यो हेर्नुपर्‍याे नि।’ -अर्जुननरसिंह केसी 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, युवा नेताद्वय गगन थापा, कल्याण गुरुङले समेत सभापतिमा आकांक्षा देखाएका छन्। सिटौला १३ औं महाधिवेशनमा पनि सभापति लडेका थिए।  ‘सबै साथीभाइको आकांक्षा अस्वाभाविक लिन हुँदैन। कांग्रेस लोकतान्त्रिक पार्टी हो। त्यसैले नेतृत्वको आकांक्षा राख्नु, प्रतिस्पर्धा गर्नु सामान्य कुरा हो,’ केसी भन्छन्, ‘तर छलफल गरेर सर्वसम्मत रूपमा अघि बढ्न सकिन्छ। परिआए त्याग गर्न तयार गर्नुपर्छ। हाम्रा लागि व्यक्ति, पदभन्दा पनि पार्टी ठूलो हो।’

थप समाचार: 
कांग्रेसमा भेटघाट तीव्र, सभापतिमा श्रेष्ठ र निधि लड्ने घोषणापछि अप्ठ्यारोमा देउवा
देउवा–निधि आमुन्ने-सामुन्ने! यी हुन् कांग्रेस सभापतिका आकांक्षी
आफूनिकट नेतालाई बोलाएर देउवाले भने- सच्चिन तयार छु, फेरि सभापति लड्छु, सहयोग गर्नूस्

प्रकाशित: Jun 22, 2021| 13:53 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।