मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् पदमुक्त जनप्रतिनिधि, जो माओवादी छाडेर एमाले बनेका थिए

यी हुन् पदमुक्त जनप्रतिनिधि, जो माओवादी छाडेर एमाले बनेका थिए

नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। 
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। 

निर्वाचन आयोगले आज गोरखापत्रमा सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) र (३) बमोजिम ती जनप्रतिनिधिहरू पद स्वतः रिक्त भएको जानकारी गराएको हो। 

एमाले प्रवेश गरेकाहरूलाई माओवादी केन्द्रले कारबाही गर्दै त्यसको पत्र निर्वाचन आयोगमा बुझाएको थियो।

पद रिक्त हुनेमा रौतहटका मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख रियाप्रसाद कुशवाह, देवाही गोनाही उपप्रमुख परनिया देवी, मौलापुरका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुरकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह रहेका छन्। 

त्यस्तै सिराहा लहान नगरपालिकाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ अध्यक्ष सुरेशकुमार थापा, महोत्तरी साम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलाली भजनी नगरपालिकाका उपप्रमुख छायाँदेवी देवकोटा, गौरीगंगा–४ अध्यक्ष भागरथी विष्ट, गोदावरी वडा नम्बर १ अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका–४ अध्यक्ष पुरनसिंह वि.सी. छन्। 

प्रकाशित: Jun 25, 2021| 03:00 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।