सोमबार, जेठ ६, २०८२

यी स्टार खेलाडी, जसले जारी युरोकपमा गोल गर्न सकेका छैनन्

जारी युरोकपमा समूह चरणका खेल सकिँदा प्रतियोगिताका ५१ मध्ये ३६ खेल भइसकेका छन्। अर्थात् प्रतियोगिताका करिब ७० प्रतिशत खेल सकिसकेका छन्।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं– जारी युरोकपमा समूह चरणका खेल सकिँदा प्रतियोगिताका ५१ मध्ये ३६ खेल भइसकेका छन्। अर्थात् प्रतियोगिताका करिब ७० प्रतिशत खेल सकिसकेका छन्।

सम्पन्न ३६ खेलमा ९४ गोल भएका छन्। अझ यो सिजनको सम्झलायक कुरा त के छ भने आत्मघाती गोल यसअघिको संस्करणभन्दा धेरै भएका छन्। लिग चरणमै आठ आत्मघाती गोल भइसके। पोर्चुगल–जर्मनी र स्पेन–स्लोभाकियाबीचको खेलमा २–२ आत्मघाती गोल भएका छन्।

जारी युरोकपमा नेदरल्याण्ड्सले सर्वाधिक ८ गोल गरेको छ भने इटाली, बेल्जियम र पोर्चुगलले समान ७–७ गोल गरेका छन्। त्यस्तै, जर्मनी र स्पेनले ६–६ गोल गरेका छन्। यूईएफएले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै गोल खेलको ४६ देखि ६० मिनेटको बीचमा भएका छन्। युरोकपको अहिलेको संस्करणमा नयाँ खेलाडी खासै नचम्किए पनि पुराना र स्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। धेरै गोल गर्नेमा पनि भेट्रान खेलाडी क्रिस्टियानो रोनाल्डो छन्।

रोनाल्डोले गोल हानेका भए पनि यस्ता थुप्रै स्टार खेलाडी छन् जसले युरोकपमा ७० प्रतिशत खेल सकिँदा पनि गोल गर्न सकेका छैनन्।

ह्यारी केन

रसिया विश्वकप २०१८ मा सर्वाधिक गोल गरेर गोल्डेन बुट जित्न सफल ब्रिटिस खेलाडी हुन्– ह्यारी केन। उनले उक्त विश्वकपमा ६ गोल गरेर इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुयाएका थिए।

जारी युरोकप २०२० मा भने उनले गोल गर्न सकेका छैनन्। गोलका लागि एसिस्ट गर्न पनि केन असफल छन् अहिलेसम्म। पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा गोलविहीन छन् उनी। यसअघि उनले २०१९ नोभेम्बरदेखि २०२० मार्चसम्म ५०० दिन इंग्ल्यान्डको टिमबाट गोलविहीन समय गुजारेका थिए।

पछिल्लो सिजनको इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरबाट उत्कृष्ट प्रदर्शन गरेका केन २३ गोल गर्दै लिगका सर्वाधिक गोलकर्ता बनेका थिए। उनले पछिल्लो सिजन क्लबका सबै प्रतियागितामा २९ गोल र १६ एसिस्ट गरेका छन्।

जारी युरोकपमा स्कटल्यान्डविरुद्ध ७४ मिनेट र क्रोएसियासँग ८२ मिनेट खेलेका केनले एक खेल भने पूरा समय खेलेका थिए।

केलियन एम्बाप्पे

फ्रेन्च फुटबलको शीर्ष लिग वानमा पछिल्लो सिजनका सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पेले पनि जारी युरोकपमा गोल गर्न सकेका छैनन्।

उनले रसिया विश्वकप २०१८ मा चार गोल गरेका थिए। गएको अन्तर्राष्ट्रिय विन्डो सुरु हुनु अघिसम्म चालु क्लबको सिजनभर उनले ४२ गोल गरेका थिए भने लिग वानमा मात्र १८ गोल गरेका थिए।

समग्रमा गोलको रेकर्ड हेर्दा एम्बाप्पेले पछिल्लो सिजनमा त्यसपहिलेको तुलनामा धेरै गोल गरेका थिए। यसकारण उनी फुटबल करिअरको उत्कृष्ट फर्ममा छन् भन्न सकिन्छ। तर युरोकपमा खेलहरुका विपक्षीको पोस्टमा अहिलेसम्म आठ प्रयास गरे पनि गोल गर्न सकेका छैनन्।

इडेन हजार्ड

रियल मड्रिडका फरवार्ड इडेन हजार्ड बेल्जियमका कप्तानसमेत हुन्। ३० वर्षे हजार्ड पछिल्लो सिजनको ला लिगामा चोटका कारण धेरै खेलमा सहभागी बन्न सकेका थिएनन्।

यता महादेशीय प्रतियोगिताको पहिलो खेलमा ७२ औं मिनेटमा दोस्रो खेलको ५९ औं मिनेटमा मैदान पसेका हजार्डले तेस्रो खेल सुरुआती रोजाइमा परेर ९० मिनेट नै खेलेका थिए। तर उनले अहिलेसम्म गोल गर्न सकेका छैनन्। गोल नगरे पनि हजार्डले एक एसिस्ट भने गरेका छन्। उनले पछिल्लो सिजन रियल मड्रिडबाट चार गोल र दुई एसिस्ट गरेका थिए।

दुई सिजनअघि चेल्सीमा २१ गोल गरेका हजार्डले त्यसअघिका दुई सिजनमा समान १७–१७ गोल गरेका थिए। तर स्पेनिस राजधानीमा पुगेपछि उनले चोटका कारण धेरै खेल खेल्न पाएका छैनन् र लगातार गोल गर्नमा पनि सफलता हात पार्न सकेका छैनन्।

थोमस मुलर

३१ वर्षे थोमस मुलर जर्मनीको राष्ट्रिय फुटबल टिमका नियमित खेलाडी हुन्। उनले पछिल्लो बुन्डेसलिगामा ११ गोल गरेका थिए। त्यस्तै सबै प्रतियोगितामा बायर्नका लागि १५ गोल गरेका थिए।

तर उनले जारी युरोकपमा गोल गर्न सकेका छैनन्। जर्मनीका मिडफिल्डर कई हभार्टज र डिफेन्डर गोन्सेसले गोल गरे पनि मुलर भने अहिलेसम्म गोलविहीन छन्। 

मार्टिन ब्रेथवेट

बार्सिलोना र डेनमार्कका फरवार्ड मार्टिन ब्रेथवेट पनि जारी सिजनको युरोकपको समूह चरणमा गोलविहीन छन्। क्रिस्टियन एरिक्सन घाइते भएकाले पहिलो दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको डेनमार्कले तेस्रो खेलमा रसियविरुद्ध ४–१ गोलको जित निकालेका थियो।

यद्यपि ब्रेथवेटले गोल गर्न सकेका छैनन्। उनले पछिल्लो सिजन बार्सिलोनाबाट सात गोल गरेका थिए भने तीन एसिस्ट गरेका थिए। उनी बार्सिलोना र राष्ट्रिय टिमबाट विंगरका रुपमा पनि खेल्ने गरेका छन्। उनले गोल नगरे पनि विपक्षीको पोस्टमा १० अटेम्प्ट गरिसकेका छन्।

ब्रुनो फर्नान्डेस

त्यसो त ब्रुनो फर्नान्डेस मिडफिल्डर हुन्। गोलबारे उनको चर्चा गर्न त्यति उत्तम नहुन पनि सक्छ। तर इंग्लिस प्रिमियर लिगमा पछिल्लो सिजनको प्रदर्शन हेर्ने हो भने युरोकपमा उनले सम्झनलायक प्रदर्शन गर्ने आशा गरिएको थियो।

२०२०–२१ को प्रिमियर लिगमा फर्नान्डेसले ईपीएलमा मात्र १८ गोल गरेका थिए भने क्लबका लागि सबै प्रतियोगितामा २८ गोल र १८ एसिस्ट गरेका थिए। तर युरोकपमा उनले सम्झलायक प्रदर्शन गर्न सकेका छैनन्।

त्यस्तै, स्टार प्रशिक्षक जोसे माउरिन्होले त पोर्चुगलले राम्रो खेल्नुपर्छ भने फर्नान्डेसलाई टिममा राख्न नहुने पनि बताएका थिए। यसबाहेकका अन्य स्टार खेलाडी एभर्टनका डोमिनिक क्यालभर्ट लन (लिगमा १६ गोल), इल्के गुन्डोगन (१३) ले पनि गोल गर्न सकेका छैनन्।

प्रकाशित: Jun 25, 2021| 07:55 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।