आइतबार, असार १, २०८२

नेपाल प्रवेश गर्‍यो ग्रेटवाल मोटर्स

नेपालको लागि ग्रेटवालको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले नेपालमा दीर्घकालीन व्यापार रणनीतिका साथ बजारको मागलाई दृष्टिगत गरी यी सवारी भित्र्याइएको बताएको छ। 
 |  बुधबार, असार १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार १६, २०७८

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्स नेपाली बजारमा प्रवेश गरेको छ। ग्रेटवालका प्रिमियम स्पोर्ट युटिलिटी भइकल (एसयुभी) र पिकअप गाडीहरुका नेपाली बजारमा प्रवेश गरेका हुन्। 

तीन गाडीका साथ ग्रेटवाल नेपाल प्रवेश गरेको हो। नेपाल प्रवेश गरेका हवाल एच(६ र हवाल जोलियोन मोडलको कार एसयुभी हुन् भने पोएर पिकअप हो। 

नेपालको लागि ग्रेटवालको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले नेपालमा दीर्घकालीन व्यापार रणनीतिका साथ बजारको मागलाई दृष्टिगत गरी यी सवारी भित्र्याइएको बताएको छ। 

हवाल एच६ मा २.० लिटर पेट्रोल टर्बो इन्जिन छ, भने जिओलिनमा १.५ लि पेट्रोल टर्बो इन्जिन र पोयरमा २.० लि डिजल टर्बो इन्जिन छ। आगामी दिनमा ग्रेटवालका थप मोडलका सवारी पनि नेपाली बजारमा भित्र्याउने भीजीले जानकारी दिएको छ। जिएमआर चीनबाहेक ६० भन्दा बढी देशमा पुगिसकेको छ। 

प्रकाशित: Jun 30, 2021| 12:16 बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्