मंगलबार, जेठ ७, २०८२

'बैंकिङ विवरण गोप्य राख्नुस्, ठगीमा परिएला'

नेपाल बैंकर्स संघले  अनलाइन बैंकिङ ठगी बढेको भन्दै ग्राहकलाई सचेत हुन आग्रह गरेको छ ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– नेपाल बैंकर्स संघले  अनलाइन बैंकिङ ठगी बढेको भन्दै ग्राहकलाई सचेत हुन आग्रह गरेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको भन्दै रकम पठाउनका लागि खातारव्यक्तिगत विवरण माग गर्ने गरेको भन्दै यसप्रति सचेत हुने आग्रह गरेको हो।

संघले बुधबार विज्ञप्ति जारी गर्दै यसरी चिठ्ठा परेको र सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु जस्तै खाता नं, मोबाइल नं, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेकाले सजग रहन आग्रह गरेको हो।

“यदि कसैले विक्तिगत गोप्य विवरण माग गर्छ भने कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न हुन आग्रह गर्दछौं। साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,” संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   

प्रकाशित: Jul 01, 2021| 08:30 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्