काठमाडौं- अर्थशास्त्री स्वर्णीम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन्।
अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी उनले नियुक्त पाएका हुन्।
वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्। उनले लन्डन स्कुल अफ इकोनोमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिर्भसिटीबाट उच्च शिक्षा लिएका थिए। उनीसँग विश्व बैंकमा पनि काम गरेको अनुभव छ।