बिहीबार, जेठ २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा मनि ट्रान्स्फर र सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनि ट्रान्स्फर र सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं‐ इसेवा मनि ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स पठाउन सकिने भएको छ। 

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कबाट समेत प्राप्त गर्न सकिनेछ। साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ।
 

प्रकाशित: Jul 07, 2021| 08:38 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्