काठमाडौं- २० पटकको ग्राण्डस्लम विजेता रोजर फेडेरर इंग्ल्यान्डमा जारी विम्बल्डनको क्वार्टरफाइनलबाटै बाहिरिएका छन्।
यससँगै उनको नवौं पटक विम्बल्डनको उपाधि जित्ने महत्त्वकांक्षा समाप्त भएको छ।
क्वार्टरफाइनलको खेलमा स्विड टेनिस स्टार फेडेररलाई १४औं वरियताका हुबर्ट हुर्काजले ६–३, ७–६ (७–४) र ६–० को सेटमा हराएका थिए।
फेडेररलाई हराउँदै हुबर्ट भने पहिलोपटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन्। अब हुकार्काजेले सातौं वरियताका माथ्थिउ वेरेट्टिसँग आइतबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
यता इटालियन वेरेट्टीले क्यानाडाका फेलिक्स अउगरलाई ३–१ को खेलमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका थिए।
‘यो खेल मेरो लागि निकै विषेश रह्यो,’ फेडेररलाई हराएका हुबर्टले खेलपछि भने, ‘यहाँ खेल्नु र फडेररलाई हराउनु भनेको एउटा ठूलो सपना साकार हुनुजस्तै हो।’
उनी विम्बल्डनको सेमिफाइनलमा पुग्ने पोल्यान्डका दोस्रो खेलाडी हुन्। यता फेडेररले पहिलो पटक ग्राण्डस्लमको उपाधि जित्दा हुबर्ट छ वर्षका थिए।