मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शीतल निवासको दाबी- कानुनले राष्ट्रपतिलाई पदीय उन्मुक्ति दिएको छ, मुद्दा चलाउन मिल्दैन!

शीतल निवासको दाबी- कानुनले राष्ट्रपतिलाई पदीय उन्मुक्ति दिएको छ, मुद्दा चलाउन मिल्दैन!

'राष्ट्रपतिलाई पदीय उन्मुक्ति समेत प्रदान गरेको र सम्माननीय राष्ट्रपतिज्यूबाट भएको उल्लेखित कार्य सम्पादनलाई राष्ट्रपतिको कार्यालयले विपक्षी मार्फत् जानकारीसम्मा गराएको हुँदा यस कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिट निवेदन बदरयोग्य छ,' राष्ट्रपतिको कार्यालयले सर्वोच्चमा पेस गरेको जवाफमा भनिएको छ।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासले राष्ट्रपतिलाई कानुनले नै उन्मुक्ति दिएकाले राष्ट्रपतिलाई विपक्षी बनाएर अदालतमा मुद्दा चलाउन नमिल्ने दाबी गरेको छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत् सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपतिको कार्यालयले यस्तो दाबी गरेको हो।

'राष्ट्रपतिलाई पदीय उन्मुक्ति समेत प्रदान गरेको र सम्माननीय राष्ट्रपतिज्यूबाट भएको उल्लेखित कार्य सम्पादनलाई राष्ट्रपतिको कार्यालयले विपक्षी मार्फत् जानकारीसम्म गराएको हुँदा यस कार्यालयलाई विपक्षी बनाई दायर भएको रिट निवेदन बदरयोग्य छ,' राष्ट्रपतिको कार्यालयले सर्वोच्चमा पेस गरेको जवाफमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ हैसियत प्राप्त गरेपछि जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गरेको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ पेस गर्न राष्ट्रपतिको कार्यालयका नाममा आदेश जारी गरेको थियो। सर्वोच्चले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न यसअघि नै अन्तरिम आदेश जारी गरिसकेको छ।

No description available.

No description available.

प्रकाशित: Jul 09, 2021| 10:57 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।