मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अन्तरजातीय बिहे गरेका प्रकाशको 'बयान' : घरमै हुलका हुल मान्छे आए, मालतीलाई पिट्दैपिट्दै लिएर गए

अन्तरजातीय बिहे गरेका प्रकाशको 'बयान' : घरमै हुलका हुल मान्छे आए, मालतीलाई पिट्दैपिट्दै लिएर गए

दुवैले २१ दिनसम्म आफूहरू जंगलमा लुकेर बस्नुपरेको र यसरी बस्नुपर्दा असुरक्षित रहेको जानकारीसहितको एक भिडियो सार्वजनिक भएपछि यो घटना अहिले सतहमा आएको हो। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- कैलालीको भजनीका प्रकाश विश्वकर्मा र टिकापुरकी मालती रावलले असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका थिए। युवतीको परिवारले दलितसँगको बिहे अस्वीकार गर्ने चेतावनीका कारण दुवै जना बिहेपछि भागेर जंगल पसेका थिए।

दुवैले २१ दिनसम्म आफूहरू जंगलमा लुकेर बस्नुपरेको र यसरी बस्नुपर्दा असुरक्षित रहेको जानकारीसहितको एक भिडियो सार्वजनिक भएपछि यो घटना अहिले सतहमा आएको हो। 

शुक्रबार युवतीको परिवारले जंगलमा लुकेर बसेका दुवैलाई छलफलका लागि भन्दै बोलाएर कुटपिट गरी युवतीलाई घर लिएर गएका छन्। 

नेपाल समयसँग  प्रकाशको भनाइ जस्ताको तस्तै
मालती र म एकअर्कालाई साह्रै माया गर्छौँ। बिहे त मागेरै गर्ने मन थियो तर दलित भएका कारण स्वीकार्य भएन। त्यसैले यही असार ४ गते हामीले भागेर बिहे गर्‍यौँ । मैले मेरो घरमा केही थाहा दिइनँ। जंगलमा लुकेर बसिरहेका थियौँ। 

हामी भागेको ३ दिनपछि मालतीले आफ्नो घरमा फोन गरेर राजीखुशी बिहे गरेको बारे जानकारी गराएकी थिइन्। तर, परिवार मान्न तयार थिएन। मालतीले मसँगको फोटो फेसबुकमा पनि हालेकी थिइन्। त्यही देखेर उसको परिवार मेरो घरसम्म पुग्यो। हामीलाई जसरी पनि झिकाउन दबाब दिइएछ। यता परिवारले भेट्लान भनेर मालतीले मोबाइलको सिम फालिदिएकी थिइन्। 

३५ वटा जति मोटरसाइकल र १७ वटा गाडीमा हुलका हुल मान्छेहरु आइपुगे। मालतीलाई ‘कुरा गर्न तल आइज’ भन्दै बोलाए। मालती तल झरिन्। एक्कासी समातेर गाडीमा हालिहाले। मलाई पनि कुटपिट गरे। ऊ पनि रोइरहेकी थिई। पिट्दैपिट्दै लगिरहेका थिए। 

मालतीको परिवारले मेरो परिवारलाई धम्की दिएको साथीहरुबाट थाहा पाएपछि मैले मेरो घरमा फोन गरेँ। बुबाले आइ’ज भन्नुभयो। घर जाँदा हामीलाई छुटाउँलान् भन्ने डर थियो। त्यसैले जंगलबाटै सबैलाई सहयोग माग्ने भनेर एउटा भिडियो बनायौँ (जुन अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ)। 

त्यसपछि म जंगलबाट आजै (शुक्रबार) घर आइपुगेको थिएँ। घरमा पुगेपछि मालतीसँग उसको दाइको फोन सम्पर्क भयो। दाइले घर नफर्किए रुकुमको जस्तै घटना दोर्‍याइदिने भन्दै धम्की दिनुभयो। तर, मालतीकै केही आफन्तले भने केही हुँदैन भन्दै छलफलका लागि बोलाइरहनुभएको थियो। हामी पनि जाने तर्खरमै थियौँ तर एक्कासी घरमै भएका बेला ३५ वटा जति मोटरसाइकल र १७ वटा गाडीमा हुलका हुल मान्छेहरु आइपुगे। मालतीलाई ‘कुरा गर्न तल आइज’ भन्दै बोलाए। मालती तल झरिन्। एक्कासी समातेर गाडीमा हालिहाले। मलाई पनि कुटपिट गरे। ऊ पनि रोइरहेकी थिई। पिट्दैपिट्दै लगिरहेका थिए। 

अहिले मालती कहाँ होलिन्, कस्तो अवस्थामा होलिन्, के गर्दै होलिन् मलाई थाहा छैन। साह्रै डर  लागिरहेको छ। प्रहरी प्रशासनले पनि मलाई न्याय दिनुको सट्टा कहाँ बस्यौँ? के खायौं? जस्ता यावत प्रश्न गरेर झन् टर्चर दिइरहेको छ। म के गरौँ, मलाई थाहा छैन।

भिडियो

प्रकाशित: Jul 09, 2021| 12:49 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।