काठमाडौं- केपी शर्मा ओली पक्षको नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असार २९ गते ११ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएको छ। बैठक बालुवाटारमा बस्ने गरी बोलाइएको हो।
यसअघि असार १९ गते सम्पन्न १३औँ केन्द्रीय कमिटीको बैठकले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट नै केन्द्रीय कमिटी बैठक बोलाउने घोषणा गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले २८ गते फैसला गर्ने तयारी गरेको छ।