मंगलबार, जेठ ७, २०८२

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यका लागि सम्झौता भएको छ ।
 |  बुधबार, असार ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ३०, २०७८

काठमाडौं– ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बीच सहकार्यका लागि सम्झौता भएको छ ।

नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाको अध्यक्ष अच्युत गुरागाईंले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले नाट्टामा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्नेछ । साथै, बैंकले नाट्टाअन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने र सहजै सञ्चालन गरी व्यवसायमा लागु गर्न पनि सहयोग गर्ने जनाइएको छ ।
 

प्रकाशित: Jul 14, 2021| 11:57 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्