मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्र बैंक भन्छ- घ्यू-तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

राष्ट्र बैंक भन्छ- घ्यू-तेलको मूल्य ३१ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा घ्यू तथा तेलको मूल्य ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले गतवर्षको तुलनामा घ्यू तथा तेलको मूल्य ३१ प्रतिशतले वृद्धि भएको जनाएको छ। बिहीबार चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले घ्यू तथा तेलजन्य वस्तुको मूल्य गतवर्षको जेठको तुलनाामा ३०.९८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको हो।

तर, राष्ट्र बैंकले निश्चित स्थानबाट छनौट गरेर संकलन गरेको तथ्यांकअनुसार उक्त मूल्य वृद्धि एकदमै न्यून हो। चालु आर्थिक वर्षमा खाने तेल तथा घ्यू नको मूल्यवृद्धि चर्को रहेको थियो।  गतवर्ष १४० रुपैयाँसम्म पाइने खाने तेल यस वर्ष २८० रुपैयाँसम्म पुगेको थियो।

राष्ट्र  बैंककाअनुसार चालु आर्थिक वर्षको जेठमा सुर्तिजन्य पदार्थको मूल्य ९.८४ प्रतिशतले बढेको छ। त्यस्तै गैरमदिराजन्य पेय पदार्थको मूल्य ९.८१ प्रतिशत र यातायात  क्षेको मूल्य वृद्धि ९.७० प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ। वार्षिक आधारमा समग्र मूल्य वृद्धि ४.१९ प्रतिशत रहेको राष्ट्र बैंकको दाबी छ। उक्त मूल्य वृद्धि गतवर्षको सोही अवधिको तुलनामा न्यून रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। राष्ट्र  बैंककाअनुसार गतवर्षको सोही अवधिमा समग्र मूल्य वृद्धि ४.५४ प्रतिशत रहेको थियो।

यस वर्षको ११ महिनामा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रा स्फिति रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्षको सोही अवधिमा काठमाडौंको मुद्रास्फिति ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रकाशित: Jul 15, 2021| 07:30 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।