काठमाडौं– मन्त्रिपरिषद् बैठकले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ।
विहिबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए।
‘साउन ३ गते सदन बोलाउन सिफारिस गर्ने निर्णय भएको छ,’ खाँडले भने। सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो। सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरिएको हो।
३ गते आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाउन सिफारिस गरिएको छ।