दैलेख- मुडा प्रहार गरी पतिको हत्या गरेको आरोपमा दैलेखमा एक महिला पक्राउ परेकी छन्।
दैलेखको नारायण नगरपालिका–११ टाटामाखु डाँडा टोलकी ३२ वर्षीया सुशीला मल्लले ३५ वर्षीय पति खगेन्द्र मल्लको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
बिहीबार राति सुशीलाले किला ठोक्ने मुडाले खगेन्द्रको टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ।
मुडा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका मल्लको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो। प्रहरीले सुशीलालाई पक्राउ गरि घटनाबारे थप अध्ययन अनुसन्धान गरिरहेको छ।