काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।
त्यस्तै सोही अवधिमा १ हजार ७७५ जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकाअनुसार यो अवधिमा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ। हालसम्म ६ लाख २८ हजार २४३ जना संक्रमण मुक्त भएका छन्। हालसम्म कुल संक्रमितको संख्या ७ लाख १२ हजार ३४३ जना पुगेको छ।